top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

जेआरले ल्याए, राधे भाग - २  |  Published: December 6, 2015  |  आईतवार 20 मंसिर, 2072  |  10:13 AM  |  Viewed: 419 times

काठमाडौं , मंसिर २० । शब्द , संगीत र आफ्नै स्वरमा राधे भाग - १ लिएर पहिलो पटक एक वर्ष अगाडि सांगीतिक दुनियाँमा प्रबेश गरेका पपगायक जेआर नेपालले राधे भाग - २ सार्वजनिक गरेका छन् ।
जेआरले यसपटक पनि आफ्नै शब्द , संगीत र स्वरमा एल्बम तयार पारेका छन् । छोटो समयमै स्रोताको मायाबाट हौसिएका जेआर 'तिमी बिनाको जीवन' परिकल्पनामा गीत सिर्जना गरेको बताउँछन् । उनी भन्छन् - 'नेपाली पपसंगीतमा म नयाँ बाटो खोज्दैछु ।'
युवा पुस्ताको मन छामेर लेखिएका  राधे भाग - २ का गीतले पनि युवाको मन जित्नेमा जेआर विश्वस्त देखिन्छन् । ६ वटा गीत समाबेश गरिएको एबल्मको शीर्ष गीत जेआरले यूट्युवमा राखिसकेका छन् । यूट्युवमा राखेको केही दिनमै हजारौंले हेरेकाले पनि आफुमा थप उर्जा प्राप्त भएको उनले बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell