top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

इशाराले हङकङमा रहेका नेपालीलाई हसाँउने तस्वीरः बगैंचा डटकम  |  Published: December 7, 2015  |  सोमबार 21 मंसिर, 2072  |  1:39 PM  |  Viewed: 808 times

काठमाडौं, मंसिर २१ । हास्यव्यङ्ग तथा प्रहसनका माध्यमबाट चर्चा बटुलेका कलाकार गणेश राई ‘इशारा’ले हङकङमा रहेका नेपालीहरुलाई हसाउँने भएका छन् । डिसेम्बरको तेस्रोे साता ‘यलम्बर साँझ’मा विशेष प्रस्तुती दिने भएका छन् ।

इशाराले विभन्न प्रहसन, चुटकिला तथा हाँस्यव्यङ्ग शैलीमा भाषण गर्ने कार्यक्रम छ । उनको साथमा अन्य ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुती दिने भएका छन् । आर्थिक हिसाबले सँधै पीडित रहेको बताउँदै आएका छन् । उनले एकसाता हङकङमा रहने उनले आफ्नो एकल सो पनि गर्ने भएका छन् ।

वि.स. २०५३ सालमा भोजपुरबाट राजधानी भित्रिएका उनी सुरुमा गार्मेन्ट उद्योगमा मजदुरी गर्थे । गार्मेन्ट भित्रै विभिन्न क्यारिकेचर गर्दागर्दै अब्बल कलाकारका रुपमा दरिएका इशाराका ‘दुर्गति’, ‘साँढेतन्त्र’, ‘सदन हल र भट्टी पसल उस्तै’, ‘भद्रगोल डटकम’ हास्यव्यङ्ग भिडियो एल्बम बजारमा छन् ।

हाँस्य व्यङ्ग र म्यूजिक भिडियो निर्देशनलाई सँगसगै लिएर हिडेका इशाराको ‘पूर्व जाने हो’ लोकदोहोरी एल्बम पनि बजारमा ल्याएका छन् ।

उनले निर्देशन गरेका करिब डेढ दर्जन म्यूजिक भिडियोहरु यतिबेला टेलिभिजन पर्दामा देख्न पाइन्छ । नेपाल तथा भारतका विभिन्न स्थानमा दर्जनौं पटक हास्यव्यङ्ग प्रहसन गरेका उनी पहिलोपटक हङकङ जान लागेका हुन ।
 

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell