top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नन्दिता सह–कोषाध्यक्षमा निर्विरोध, कलाकारको चुनाव मंसिर २६ मा  |  Published: December 7, 2015  |  सोमबार 21 मंसिर, 2072  |  4:23 PM  |  Viewed: 1099 times

काठमाडौं, मंसिर २१ । चलचित्र कलाकार संघको निर्वाचन आगामी मंसिर २६ गते राजधानीमा हुने भएको छ ।

यसअघि, गैरकलाकारले सदस्यता पाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि निर्वाचन स्थगित गरिएको थियो ।

१४० जनाको सदस्यता छानबिनको प्रक्रियामा जाने र उनीहरुलाई मतदान अधिकार नदिने सहमतिपश्चात् निर्वाचनको नयाँ मिति तय भएको हो ।
/>
आवश्यक छानबिनपछि ८० सदस्य मतदानका लागि योग्य रहेको संघका वर्तमान अध्यक्ष नवल खड्काले जानकारी दिए । उनले कम्तिमा पाँच ठूलो पर्दाका चलचित्रमा अभिनय गरेको कलाकार संघको सदस्यका लागि योग्य हुने र उसले मतदान गर्न पाउने बताए ।

निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ताको अन्तिम मिति तोकिएको छ । २१ सदस्यीय कार्यसमितिका लागि ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सो मितिमा दर्ता भएका उम्मेदवारीमध्ये अभिनेत्री नन्दिता केसी सह–कोषाध्यक्षमा निर्विरोध भएको संघले जनाएको छ ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका लागि रामकेशर बोगटी, लय संग्रौला र विशाल बिष्ट गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई उपाध्यक्षका लागि मनोज केसी, सानुकुमार ताम्राकार, रेजिना उप्रेती र जेनी कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell