top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

‘मेरो सांगीतिक प्रस्तुतीमा प्रहरीले लाठीजार्च नगरोस’(भिडियो हेर्नुहोस)  |  Published: December 9, 2015  |  बुद्धबार 23 मंसिर, 2072  |  9:32 AM  |  Viewed: 3332 times

काठमाडौं, मंसिर २३ । ‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले स्टेज तताउने गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुतीका क्रममा दर्शकहरु उत्तेजित भएर प्रहरीले लाठिजार्च गर्नुपर्दाको क्षण तितो भएको बताएका छन् ।

भारतको आसाममा जन्मिएर झापामा हुर्कीएका गायक खरेलले हालसम्म ६४ जिल्ला र २४ मुलुकहरुमा सांगीतिक प्रस्तुती दिएको बताए । तर यसक्रममा दर्शकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको घटनाहरु मन नपरेको अनुभव सुनाए ।

इमेज च्यानलको ‘इ–सेलेप्स’ अन्तरवार्ताका क्रममा उनले संगीतप्रतिको निष्ठाका कारण सांगीतिक क्षेत्रमा सफल हुँदै गएको पनि अनुभव साटेका छन् । ‘उसले जति माया’, ‘सागर सरी’लगायतका चर्चित गीत गाएका खरेलले २० वटासम्म गीत स्टेजमा निरन्तर प्रस्तुती दिने गरेको दावी गरे ।

कतिपय स्टेजहरुमा उनले ‘मिमिक्री’ समेत गरेर दर्शकलाई आनन्द दिने गरेको कथन सुनाए । साइन्समा स्नाकोत्तर गरेका खरेलले पढाइलाई निरन्तरता दिने समेत बताए । भाग्यले नेपाली सांगीतिक चम्किन सकेकोमा खुशी रहेको बताए ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell