top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

कालीप्रसाद रिजाल र कुमारबहादुर जोशीको जीवनीमा आधारित पुस्तक सार्वजनिक  |  Published: December 9, 2015  |  बुद्धबार 23 मंसिर, 2072  |  7:02 PM  |  Viewed: 383 times

काठमाडौं, मंसिर २३ । गीतकार कालीप्रसाद रिजाल र वरिष्ठ समालोचक डा. कुमारबहादुर जोशीको जीवनीमा आधारित पुस्तकको बुधबार राजधानीमा विमोचन गरिएको छ ।

कुमार सरस्वती पुरस्कार गुठीले बुधबार राजधानीमा गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिघिरेले पुस्तकको विमोचन गरे ।

पुस्तकमा गीतकार रिजालको सांगीतिक जीवनका विविध पक्षलाई समेटिएको छ ।

यस्तै, पुस्तकमा वरिष्ठ समालोचक कुमारबहादुर जोशीको साहित्यिक र व्यक्तिगत जीवनका विविध आयामलाई समेटिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा विद्यावारिधि गरेका जोशीका थुप्रै कृतिहरु प्रकाशित छन् । मृगौलासम्बन्धी रोगबाट पीडित जोशीले त्यसपछि पनि नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानबारे पुस्तकमा चर्चा गरिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell