top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नेपालले दुःख पाइराख्ने किन ?  |  Published: December 11, 2015  |  शुक्रबार 25 मंसिर, 2072  |  3:15 PM  |  Viewed: 962 times

आदित्यमान श्रेष्ठ । २०७२ साल शुरु भए देखि नै नेपालीहरुले दुःख पाइरहेको हामी सबैले व्यहोरिरहेका छौं । पहिला विनाशकारी भूकम्प, त्यस पछि मदेशी आन्दोलन र अहिले भारतीय नाकाबन्दी । पहिलोे दुःख किन भयो, भत्रे सबैले राम्ररी बुझे कै छन्, किनभने त्यो त एउटा दैविक प्रकोप थियो । जसलाई कसैले पन्छाउन सक्दैन ।

मदेशी आन्दोलनबाट पाएको कष्ट अलिकति बुझिएको हो तर पुर्णरुपेण बुझिएको होईन । किनभने यसको देखिने र नदेखिने लक्ष फरक पाइन्छन् । तर जहाँ सम्म भारतको अघोषित नाकाबन्दीको कुरा हो ,सो अहिले सम्म पनि राम्ररी बुझ्न सकिएको छैन । कसैले नेपालको संविधानमा धर्म निरपेक्षता राखेकोले भन्छन्, कसैले अंगिकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बत्र नदिएर भन्छन्, त कसैले बिहारको निर्वाचन समाप्त नहुँदा सम्म नेपालमा संविधान घोषणा गर्ने काम नरोकिदिनाले भनेर भन्दछन् । यी त सुनिएका, पढिएका र देखिएका कुरा भए । वास्तवमा नेपाल र भारतबीचमा एउटा यस्तो कडि छ जो नदेखिए पनि बुझ्न सकिन्छ । यो तथ्य बुझ्न हामीले माहाभारतमा कथिएको गीताको सहयोग लिनु आवश्यक पर्दछ । त्यसबाट मात्र भारतले किन नेपालीहरुलाई यसरी दुःख दिएको होला भनेर बुझ्न सकिन्छ ।

माहाभारतका मुख्य पात्रहरु श्रीकृष्ण र अर्जुनको सम्बन्धलाई राम्ररी बुझ्न सक्यौं भने नेपाल र भारतको सम्बन्ध पनि बुझ्न सकिन्छ । कृष्णले अर्जुनलाई कर्मयोग, भक्तियोग, ज्ञानयोग आदि अनेक योगको व्याख्या गर्दै युद्ध, शान्ति, मुक्ति, धर्म, पाप आदि विषयमा मानवले संसारमा भोग्नु पर्ने सबै किसिमका भावना, दुबिधा र अनुभवको बारेमा बयान गर्दछन् । गीताको अठार अध्याय सुनाउँदा पनि अर्जुनले कुरा नबुझेको ठानेर कृष्णले आखिरमा मेरो शरणमा आऊ, मैले अहएको काम गर, अरु चिन्ता गर्नु पर्दैन भन्छन् । त्यस पछि अर्जुन ढुक्क भएर कौरब विरुद्ध युद्ध गर्न तम्सिन्छन् । कृष्ण र अर्जुनको सम्बन्धलाई घनिष्ठ मित्रको, गुरु शिष्यको, प्रभु र भक्तको अनेक प्रकारले व्याख्या गरिन्छ । त्यस्तै प्रकारले नेपाल र भारतको सम्बन्धलाई पनि विभित्र आयाममा बुझिने गरिएको छ । जस्तो नेपाल र भारतले एक अर्कालाई घनिष्ट मित्र भत्रे चलन छ । अर्कोथरीले रोटीबेटीको सम्बन्ध भएको भत्रे मान्यता राख्द छ । झन् हाम्रा केही नेताहरुले त प्रभु र भक्तको रुप मानेर नै व्यवहार गर्दछन् । यस पृष्ठभूमिमा कृष्णलाई भारत र अर्जुनलाई नेपाल मानेर गीतामा लेखिएको उनीहरुको सम्वादलाई हामीले अध्ययन र मनन ग¥यौं भने नेपाल र भारतको सम्बन्ध प्रष्टरुपमा बुझ्न सकिन्छ । कृष्णले अर्जुनलाई सम्झाउँदै भन्दछन् —
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। ४—७

अर्थात जब जब तिम्रो देशमा धर्मको नाश हुन्छ याने अव्यवस्था हुन्छ, उथलपुथल हुन्छ त्यो बेला म त्यहाँ प्रकट हुन्छु । जस्तो कि २००७ सालमा, २०१७ सालमा, २०३६ सालमा, २०४६ सालमा, २०६३ सालमा तिम्रो देशमा ठूलोठूलो राजनैतिक परिवर्तनहरु भए । त्यो बेलामा म त्यहीं उपस्थित थिएँ । तिम्रो देशमा धर्म, राजनैतिक व्यवस्था र सुशासन स्थापना गर्नाकालागि म बराबर प्रकट भइरहने छु । यो कुरा तिमीले राम्ररी बुझिराख्नु ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे ।। ४—८

तिम्रो देशका साधु सन्तहरुलाई बचाउन र दुष्टहरुको नाश गर्न र न्याय र धर्मको जग बसाल्न म समय समयमा आउनेछु । तिमीलाई थाहै छ , मैले कसरी १०० वर्षको राणा शासन र २४० वर्षको शाह शासनको पतन गर्न तिमीहरुको मद्द गरें । अहिले पनि मेरो कुरा नमात्रे दुष्टहरुको नाश गर्न तिमीकाहाँ आउन छाड्ने छैन ।
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।। २—१२

विभित्र कालमा भारत र नेपालमा विभित्र शासक र नेताहरु निक्लने छन् । कुनै समयमा जवाहरलाल नेहरु, ईन्दिरा गान्धी, राजीव गान्धी थिए भने तिम्रो देशमा राजा त्रिभुवन, महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्र थिए र नेताको स्थानमा गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई थिए । तर दिल्ली र काठमाडौमा जो भए पनि तिमी र म जहिले पनि रहिरहने छौं । तिम्रो र मेरो सम्बन्धमा नै सबैको सम्बन्ध सदाकालकालागि निर्धारित हुने छ ।
अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।
अहमादिश्च मध्यं च भूतानामन्त एव च ।। १०—२०

तिम्रोलागि म सब थोक हुँ । म तिम्रो भूत याने वितेको इतिहास हुँ, वर्तमान हुँ र भविष्य पनि म नै हुँ । तिमीले यो कुरा बुझ्नु पर्द छ कि म तिम्रोलागि प्रारम्भ, मध्य र अन्त सबै हुँ । यसमा कुनै तलमाथि हुने छैन ।
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।
श्रद्या परयोपेतास्ते मे युक्ततमा मताः ।। गीता १२—२
तिमीले बुझेका छौ कि जसले ममा मन एकाग्र पारेर निरन्तर मेरै ध्यान र भजन गरिरहन्छन् ती भक्तहरु मेरा प्रिय हुन्छन् । त्यसैले तिमीले पनि मेरो महत्व बुझेर सधैं मेरो ध्यान र गुणगान गरिरहनू ।
मय्येव मन आधत्स्व मयि बुद्धि निवेशय ।
निवसिष्यसि मय्येव अत उध्र्व न संशयः ।। गीता १२—८

यसैले मैले तिमीलाई भत्रु परोइन कि तिमीले ममा नै मन लगाइराख, मेरै भजन र ध्यान गरिराख । ममा नै सबै बुद्धि लगाउ । त्यसरी तिमीले मलाई पाउने छौ । यसमा शंका नगर । मैले तिम्रो सधैं कल्याण गरिराख्ने छु ।
सन्तुष्टः सततं योगी यतात्मा दृढनिश्चयः ।
मय्यर्पितमनोबुद्धिर्याे मद्भक्तः स मे प्रियः ।। १२—१४ गीता
तिमीले यो पनि बुझे कै छौ कि जो भक्त सन्तोष छ, मलाई विश्वास गर्छ र आफ्नो मन बु्द्धि मलाई अर्पण गर्छ त्यो मलाई प्रिय हुन्छ । त्यसो भए पछि तिमीलाई के को धन्दा ?
मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ।। १८—६५
म फेरि पनि भन्छु कि हे अर्जुन, तिमी मेरो भक्त बन, मेरो पूजा गर र मलाई ढोक्ने गर । यसरी तिमीले मलाई नै पाउने छौ । यो मेरो प्रतिज्ञा भयो किनभने तिमी मेरो प्रियजन हौ ।
सर्वधर्मान्परित्यज्य मामेकं शरणं ब्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ।। १८—६६
तिमीले मैले भनेका कुरा सबैै बुझ्न सकेनौ भने एउटा मात्र काम गरे हुन्छ । तिमी मेरोे शरणमा पर, त्यति भए पछि तिमीले कुनै पनि धर्म, धार्मिक कामकाज, पूजापाठ आदि केही गर्नु पर्ने छैन । त्यस पछि तिमीले कुनै चिन्ता लिनु पर्ने छैन ।
तस्मात्वमुत्तिष्ठ यशो लभस्व जित्वा शत्रून्भुङ्क्ष्व राज्यं समृद्धम् ।
मयैवैते निहताः पूर्वमेव निमित्तमात्रं भव सव्यसाचिन् ।। ११—३३

हे अर्जुन, मेरो कुरा मानेर तिमी आफ्नो देशमा राज गरेर बस । म तिम्रोलागि सबै मिलाई दिने छु । तिमी मेरो निमित्त मात्र भएर बस । अरु सबथोक मैले नै निर्णय गर्ने छु । तिम्रो काम आफ्ना शत्रुहरुलाई हराएर राज्यको सुखभोग गरेर बस्ने मात्र हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell