top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

प्रतिभा खोज्न ‘प्रेमगीत’ युनिट कलेज–कलेजमा गोबिन्द मरासिनी/ईमेज  |  Published: December 12, 2015  |  शनिबार 26 मंसिर, 2072  |  8:08 AM  |  Viewed: 784 times

काठमाडौं, मंसिर २६ । चलचित्र ‘प्रेमगीत’ युनिट यतिबेला ‘कभर सङ प्रतियोगिता’ का लागि राजधानीका बिभिन्न कलेजहरुमा धाइरहेको छ । घोषित ‘कभर सोङ कम्पेटिसन’ को युट्युवगीतको भिडियो कलेक्सन सुरु गरेसँगै निर्माण पक्ष आफै बिभिन्न कलेजहरुमा पुग्न थालेको हो ।

कभर सङ प्रतियोगिताको लागि गीत गाएर भिडियो पठाउने हरुको संख्या निरन्तर बढिरहेका बेला निर्माण पक्ष कलेज दौडाहामा लागेको निर्माता सन्तोष सेनले बताए । हाल सम्म सय भन्दा बढिले कभर सङ गाएर पठाइ सकेको पनि निर्माण पक्षले जनाएको छ ।

निर्माण युनिटले फिल्मको कभर सोङ “म यस्तो गीत गाउँछु” को भिडियो सार्वजनिक गर्दै ‘युट्युव कभर सोङ कम्पेटिसन’ पनि घोषणा गरेको थियो ।

प्रतियोगीतामा धेरै भन्दा धेरै सहभागीहरुले सरल रुपमा सहभागिता जनाउन सकुन भन्ने उद्देश्यले प्रेम गीत टिम यतिबेला राजधानीको विभिन्न कलेजहरुमा सहभागीहरुको गीतको भिडियो खिच्न आफै पुगेको सेनले बताए ।

आसुसेन फिल्मको प्रचार–प्रसारको जिम्मा लिएको कम्पनी किस इन्टरनेटमेण्टका अनुसार कलेजका विधार्थीहरुले उल्लेखिय मात्रामा प्रतियोगीतामा सहभागगिता जनाइरहेका छन् । चलचित्र युनिट प्रतिभा खोज्न राजधानी बाहिरका स्कुल कलेजमा पनि पुग्ने सेनको भनाइ छ ।

‘कभर संङ’ विजेतालाई एक लाख नगद पुरस्कार सहित आगामी चलचित्रमा पाश्र्व गायन गर्ने मौका दिने घोषणा निर्माण पक्षले यसअघि नै गरिसकेको छ ।

चलचित्रको प्रचार गर्न भिन्न शैली अपनाउने गरेका सेनको कभर गित कक्पिटिसनलाई पनि यसकै निरन्तरता मान्न सकिन्छ । आउँदो प्रेम दिवसको अवसरमा प्रर्दशन हुने चलचित्र प्रेम गीतको शीर्ष गीतदर्शकले अत्याधिक मन पराएका छन् ।

युट्युवमा राखिएको दुई हप्तामै एक लाखभन्दा बढी दर्शकले प्रेम गीत भिडियो हेरि सकेका छन् । भिडियोमा गरिएका कमेन्टहरुले झन निर्माण पक्षलाई थप उत्साहित बनाएको छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell