शब्दकोष सार्वजनिक | Published: December 12, 2015 | शनिबार 26 मंसिर, 2072 | 7:15 PM | Viewed: 555 times
काठमाडौं, मंसिर २६ । चुडामणी गौतमद्वारा लिखित ‘गौतम व्यवहारिक नेपाली शब्दकोष’को शनिबार राजधानीमा लोकार्पण गरिएको छ ।
शब्दकोषमा दैनिक व्यवहार, लेखन तथा पठनपाठनमा चलेका, चलनचल्तीमा रहँदै आएका सनातन प्रयोगसितसम्बन्धित नेपाली शब्दहरु समाविष्ट छन् ।
६ सय ५६ पृष्ठको यो शब्दकोष मुख्य शब्दकोष, हिज्जेः कुन गलत, कुन सही र नेपाली
शुद्धाशुद्धी ज्ञान गरी तीन खन्डमा विभक्त छ ।
लोकापर्ण समारोहमा सहभागीहरुले नेपाली भाषाको वर्णविन्यासलाई बिगार्न खोजिएकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न नसकिए देवनागरी लिपी नै हराउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।