top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

अख्तियार दुरूपयोग अनुसन्धान आयोग खारेज गरौं !!! न रहे बाँस, न बजे बाँसुरी !!!  |  Published: December 17, 2015  |  बिहीवार 2 पुष, 2072  |  12:23 PM  |  Viewed: 6218 times

 इन्दिरा प्रसाई - अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पछिल्लो  कदमले अहिले देशभरि सनसनी फैलाएको छ । भ्रष्टाचारले आजित बनेका देशवासीहरु अख्तियारको यस अभियानबाट  देशमा अब सुदिन पनि आँउछ कि भनेर आशावादी देखिन्छन् ।
जतासुकै अत्याचार, अन्याय र भ्रष्टाचारले थिलथिलो भएको मुलुकमा अख्तियारको यस कदमले जन उत्साह वढ्नु स्वभाविकै पनि हो । साथै कार्कीको हिम्मतलाई अधिसंख्यकले जयजयकार पनि गरेका छन् । गाउँ, बस्ती र शहरमा अब ठूला माछा पनि समाउने बारेको प्रसङ्गले जनआस्था जागेको बेहोरा जगजाहेरै छ । यस्तो बेला नाउँ चलेका केही सांसदहरू चाहिं कार्कीलाई संसदबाट महाअभियोग लगाउनु पर्छ भनेर कुर्लिन थालेका छन् । यस बेहोराले दलीय नेताहरू र ठूलाठूला कर्मचारीहरूबाटै नेपालमा सशक्त भ्रष्टाचार भइरहेको छ भन्ने आशंकालाई प्रमाणित गर्न खोजिरहेको छ । भित्री कुरा के हो ? यसबारे हामी अनिवज्ञ नै छौं । यदि यो चर्चा चाहिं सत्य नै हो भने यो खोक्रो बनिसकेको देश अब खरानी नै हुने निश्चित छ ।
कार्कीले सानो माछा मात्र किन मार्छन् यदि तागत छ भने ठूला माछा मारेर देखाउन् भन्नेहरू नै आज झस्केर कार्कीका विरोधमा ठूल्ठूलो स्वर निकाल्न थालेका छन् । अझै ठूला माछा ढोक्सामा पर्छन् भन्ने मान्यतामा सोयम् केही लब्धप्रतिष्ठित नेताहरू पुगिसकेकै पनि देखियो ।
अनि लाजमर्दो रूपमा आएको छ महाअभियोगको तर्साउने भूतका स्वरहरू ! कस्तो बिडम्बना भयो ,यो मुलुकको नै ! कसैलाई दोषमुक्त बनाउन एउटा सरकारी संस्था नै लङ्गडो बनाउन नै तयार हुने ! कस्तो ख्याल ठट्टामा चलिरहेको छ नेपाल ? कस्ता अदुरदर्शी नेता ! यस्तै रीतले कहिलेसम्म नेपाल धानिएला ? चाहिँदो काम गर्न पनि नहुने हो भने त यो देश नै बर्वादीको सङ्घारमा पुर्याउन खोजिएको पो हो कि ? भ्रष्टाचार निर्मूल पार्न अघि सर्ने कार्की उपर यसरी महाअभियोगको घटना घटेमा के हुन्छ? यदि यो अवस्थाको सृजना भयो चाहिं भने यस राष्ट्रको भ्रष्टाचार निर्मूल कहिले हुन्छ रु संसदबाट यसप्रकारको घटना घट्यो भने नेपालमा कहिले पनि र कुनै पनि लोकमानसिंह कार्कीहरूबाट राष्ट्रहीतका काम हुने छैनन् ।
अख्तियारमा नियुक्त हुने जुनसुकै लोकमानसिंह कार्कीहरूबाट भत्ता खाने, मोजमज्जा र आराम गर्ने अनि फुर्सदमा रमाइलो मनाउन ससाना खाले माछा पछार्ने मात्र काम हुने छ । अर्कातिर अहिलेका एक जना बहादुर लोकमानसिंह कार्की चाहिं इतिहास पुरूष हुने छन् । त्यतिमात्र होइन, कार्कीले अमरत्व प्राप्त गर्ने छन् र बर्तमान नेपालको संसदीय व्यवस्था भने इतिहासमा नै कलंकित हुनेछ ।
अनुसन्धानका क्रमको प्रारम्भिक काम गर्दा नै कार्कीलाई महाअभियोग लगाइन्छ भने त्यसको साथसाथै संविधान संशोधन गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै पनि खारेज गर्न उपयुक्त हुनेछ । के अख्तियार भनेको ससाना निरीह कर्मचारी वा व्यापारीहरूबारे मात्र छानविन गर्न स्थापना गरिएको सरकारी कार्यालय हो ? के अख्तियारले नेपालका माथिल्लो ओहदाधारी शंकास्पद व्यक्तिहरूको छानविन गर्न खोज्नु नै कार्कीको अपराध हो ? के अख्तियार भनेको जनताका आँखामा छारो हाल्ने सरकारको साधन मात्र हो ?यदि आयोगले अनुसन्धानै गर्न पाउँदैन भने त्यस संस्थाको औचित्य नै पो के रह्यो र रु यस अवस्थामा आयोगलाई नै खारेज गरिदिएपछि भै गयो नि ! त्यसपछि न रहे बाँस, न बजे बाँसुरी !!!

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell