top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

यस्तो छ भूकम्पबाट बचाउने ‘बेड’ (भिडियोसहित)  |  Published: December 18, 2015  |  शुक्रबार 3 पुष, 2072  |  7:41 PM  |  Viewed: 3403 times

वासिंटन, पुस ३ । प्राकृतिक विपत्तीका रुपमा लिइने भूकम्पलाई कसैले रोक्न सक्दैन तर यसबाट हुने क्षतिलाई कम गर्न वैज्ञानिकहरु विभिन्न उपाय खोजिरहेका छन् । यसै क्रममा एउटा यस्तो ओछ्यान (बेड) निर्माण हुँदैछ जसले भूकम्पबाट मानिसलाई सुरक्षित राख्न सक्छ ।

वाङ्ग वेन्जी नाम गरेका एक चिनियाँ वैज्ञानिकले सन् २०१० मै भूकम्प प्रतिरोधात्मक बेडका लागि स्वामित्व हासिल गरेका थिए । उनी भूकम्पबाट मानिसलाई जोगाउन सक्ने बेड निर्माणमा लगातार काम गरिरहेका छन् ।

यो बेडमा आपतकालिन अवस्थाका लागि चाहिने सबै सामान राख्न सकिन्छ । यसलाई विशेष प्रकारले डिजाइन गरिएको छ, जो भूकम्प आएको अवस्थामा आफैं सक्रिय हुन्छ । भूकम्प आएको अवस्थामा उक्त बेडमा सुतिरहेको मानिस अचानक भित्री बाकसमा समाहित हुन्छ । भनिन्छ, भूकम्पले घर भत्किएको अवस्थामा समेत सो बेडभित्र रहेको मानिस सुरक्षित रहन सक्छ ।

भूकम्प आउनासाथ बेडमा रहेको मानिसलाई भित्री भागमा राखेर माथिल्लो भाग स्वस्फूर्त रुपमा बन्द हुन्छ । जसले गर्दा घर नै ढले पनि बेडभित्र रहेको मानिसलाई कुनै प्रकारको क्षति नहुने दाबी गरिएको छ ।

उद्धारकर्मी नआउन्जेलसम्म मानिस सोही बेडभित्र सुरक्षित बस्न सक्ने जनाइएको छ ।

उक्त बेडलाई बढीभन्दा बढी सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन काम भइरहेको बताइन्छ । यसको प्रविधि र डिजाइनमा सुधारका कामहरु भइरहेको छ । यो बेड कहिलेसम्म बजारमा आउँछ भन्ने प्रष्ट भइसकेको छैन । यद्यपी यो बेड बजारमा आइसकेपछि रातको समयमा आउने भूकम्पबाट हुने मानवीय क्षतिलाई निकै कम गर्ने वैज्ञानिकहरुको अपेक्षा छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell