top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

शुक्रबार रिलिज भएका बलिउड फिल्म 'बाजीराव' र 'दिलवाले' दुबैको विरोध  |  Published: December 18, 2015  |  शुक्रबार 3 पुष, 2072  |  1:21 PM  |  Viewed: 23454 times

मुम्बई, पुस ३ । शुक्रबार रिलिज भएका दुई चर्चित बलिउड फिल्म ‘बाजीराव मस्तानी’ र ‘दिलवाले’को व्यापक विरोध भएको छ । विरोध प्रदर्शनका कारण दुबै चलचित्र भारतका केही सहरमा प्रदर्शन हुन सकेन ।

भारतको पुणेमा ‘बाजीराव मस्तानी’ शुक्रबार प्रदर्शन हुन सकेको छैन । विरोध प्रदर्शनका कारण सो सहरस्थित एक सिनेमा हलमा उक्त चलचित्रको शुक्रबारका सबै शो रद्द गरिएको छ । अन्य केही हलमा भने सुरक्षाकर्मीको उपस्थितीमा चलचित्र प्रदर्शन गरिएको छ ।

सो चलचित्रमा समावेश विषयबस्तुमाथि भारतीय जनता पार्टीका स्थानीय कार्यकर्ताले आपत्ति जनाएका हुन् । उनीहरुका अनुसार चलचित्रमा बाजीरावको भूमिकालाई गलत तरिकाले देखाइएको छ । चलचित्रमा मराठा इतिहासलाई तोडमोड गरिएको आरोप पनि लगाइएको छ ।

त्यस्तै शाहरुख खान अभिनित ‘दिलवाले’को विरोधमा मध्यप्रदेशको जबलपुर र उत्तरप्रदेशको इलाहावादमा प्रदर्शन भएको छ । राजस्थानको भीलवाडामा पनि सो चलचित्रको विरोधमा प्रदर्शन उग्र भएपछि प्रदर्शन रोकिएको छ ।

उक्त चलचित्रको विरोध हुनुमा केही दिनअघि शाहरुख खानले दिएको अभिव्यक्तिलाई आधार मानिएको छ । भारतमा बढ्दो असहिष्णुताका बारेमा शाहरुखले दिएको अभिव्यक्तिको केही हिन्दुवादी संगठनले विरोध जनाएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell