top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

भृगुरामलाई दान्यहिरा पुरस्कार  |  Published: December 18, 2015  |  शुक्रबार 3 पुष, 2072  |  5:21 PM  |  Viewed: 366 times

काठमाडौं, पुस ३ । नेपाल संवत् ११३५ को दान्यहिरा पुरस्कार वरिष्ठ गायक एवं कलाकार भृगुराम श्रेष्ठलाई प्रदान गरिएको छ ।

नेपाल भाषा एकेडेमीले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा नेपाल भाषाको गीत–संगीतको क्षेत्रमा विशेष योगदान दिएका श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो ।

समारोहमा दान्यहिरा सान्त्वना पुरस्कार संगीतकार जुगल डंगोललाई प्रदान गरियो ।

द्यः यता सिंन्हास्वां, झीगु भाषा मन्त धाःसा गय् थ्व नेपाः झीगु जुइ, होलिया मेला मय्जुं मस्यूलालगायतका नेपाल भाषाका लोकप्रिय गीतहरु गाएका वरिष्ठ गायक श्रेष्ठले सिलु, भिन्तुना, हिजो आज भोलिलगायतका चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell