top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

सुन्दर दृश्य समेटिएको ‘प्रेमगीत’को टेलर सार्वजनिक  |  Published: December 19, 2015  |  शनिबार 4 पुष, 2072  |  8:38 AM  |  Viewed: 1473 times

काठमाडौँ, पुस ४ । पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेमगीत’ को टेलर सार्वजनिक गरिएको छ ।

केहि समयअघि चलचित्रको शिर्ष गीत ‘म यस्तो गीत गाउँछु’ बाट चर्चा कमाएको चलचित्रको टेलर पनि निकै सुन्दर लाग्छ । कागबेनी, मुक्तिनाथ, मार्फा, बेनी, पोखरा, मुग्लिङ र काठमाडौँ लगायतका सुन्दर ठाउँका दृश्यले जो कोहीलाई पनि मनमोहक बनाउँछ ।

चलचित्रको उक्त टेलरमा चलचित्रका नायक प्रदिप खड्का र नायिका पूजा शर्मा प्रेममा मस्त डुबेको देखिन्छ । प्रेम र गीतको कथालाई मुख्य बिषयबस्तु बनाईएको चलचित्रमा प्रदिप र पुजासँगै लक्ष्मी गिरी, राजाराम पौडेल, सरोज खनाल लगायतको अभिनय देख्न सकिन्छ ।

आसुसेन फिल्सको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् भने युवा पुस्ताका निर्माता सन्तोष सेनले बनाएका हुन् । चलचित्र प्रणय दिबसरको अबसर पारेर माघ २९ देखि रिलिज हुँदैछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell