top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

लोडसेडिङको मौकामा इष्टदेवको मूर्ति चोरी -केके मानन्धर  |  Published: December 19, 2015  |  शनिबार 4 पुष, 2072  |  9:15 AM  |  Viewed: 1861 times

भक्तपुर, पुस ४ । भक्तपुरको मध्यपुर थिमि अन्तर्गत वडा नं–११ मा अवस्थित स्थानियबासीको इष्टदेवको मूर्ति चोरी भएको छ । शुक्रबार राति अज्ञात समूहले दिगु भैरव मन्दिरबाट इष्टदेवको मूर्ति चोरी गरेसँगै स्थानियबासी हैरान बनेका छन् ।

प्रत्येक वर्ष कूलपूजा गर्नुपर्ने नगरको मध्य भागमा अवस्थित सो मन्दिरबाट मूर्ति चोरिएपछि स्थानिय सर्वसाधारण हैरान बनेका हुन् ।

चोरी गरिएको भैरवको मूर्तिलाई प्रत्येक वर्षको वैशाख महिनामा स्थानिय श्रेष्ठ थरका समुदायले आफ्नो कूलपूजा अन्तर्गत देवाली पूजा गर्दै आएका थिए ।

धार्मिक र ऐतिहासिक महत्व बोकेको मन्दिरबाट चोरी भएको मूर्ति १७ औं शताब्दीमा निर्माण गरिएको बताइएको छ । मूर्ति चोरी भएकै राती नगरका अन्य विभिन्न ठाउँमा समेत मूर्ति चोरीको प्रयास भएको महानगरिय प्रहरी वृत्तका डीएसपी प्रवीणलाल श्रेष्ठले जनाएका छन् ।

सोही क्रममा वडा नंं १३ र १४ मा अवस्थित गणेश मन्दिरमा समेत चोरी प्रयास गरेको स्थानियबासीले जानकारी दिएका छन् । संगठित रुपमा भएको मूर्ति चोरी प्रयास पश्चात नगरका विभिन्न मन्दिरमा ढोका तथा ताला फोडिएका छन् ।

पछिल्लो समय भक्तपुरमा बढेको लोडसेडिङ तथा सुरक्षा समस्याका कारण प्राचिन महत्वका बस्तु हराउने क्रम जारी छ । प्रहरीले मध्यपुर थिमिका विभिन्न ठाउँमा भएका चोरी विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell