top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

लुटेराको गोली प्रहारबाट एक घाइते  |  Published: December 20, 2015  |  आईतवार 5 पुष, 2072  |  2:37 PM  |  Viewed: 531 times

म्याग्दी, पुस ५ । म्याग्दीको दरवाङमा गएराति लुटेराहरुले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् ।

दरवाङ गाविस– ८ दिच्यामका ४० वर्षीय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली प्रहार गरेर घाइते बनाएका हुन् । दाहिने पाखुरा र ढाडमा गोली लागेका उनको जिल्ला अस्पताल, बेनीमा उपचार भइरहेको छ । रोकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दिच्यामका जङ्गबहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट भएको थाहा पाएपछि छिमेकी मिलेर लुटेरालाई लखेट्न जाने क्रममा रोकालाई गोली प्रहार गरेको स्थानीय बासिन्दा दिनेश पुर्जाले बताए । उनका अनुसार लुटेराले चार राउन्ड फायर गरेका थिए ।

लुटेराले जङ्गबहादुर र चित्रकुमारी पुर्जाको घरबाट एक तोला सुन, दुई तोला चाँदी, नगद रु सात हजारसहित कुखुरा लुटेर लगेको प्रहरीले जनाएको छ ।

राति नै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको र लुटेराको खोजीमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक हीराबहादुर गिरीले बताए। रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell