top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

पेट्रोल छर्किएर जिउँदै आगो लगाउनेमध्येका एक पक्राउ  |  Published: December 21, 2015  |  सोमबार 6 पुष, 2072  |  11:12 AM  |  Viewed: 3004 times

मोरङ, पुस ६ । मोरङको भाथिगछ– ७ का २८ वर्षीय बब्लु राजवंशीमाथि पेट्रोल छर्किएर जिउँदै आगो लगाउने घटनामा संलग्न एकजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार भाथिगछ– २ का ४९ वर्षीय शिवु मलाहालाई पक्राउ गरिएको हो ।

जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार लुकेर बसेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले मोरङको कटहरीबाट मलाहलाई पक्राउ गरेको हो ।

अरोपित शिवुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खरेलको भनाइ छ । उन भने– ‘थप तीनजनालाई चाँडै पक्राउ गर्छौ ।’ घटनामा संलग्न भाथिगछ– २ का अजय सिंह, जीतेन्द्र मुखिया र जुगेश्वर मुखियालाई प्रहरीले खोजीरहेको छ ।

को१प २४५० नंको मोटरसाइकलमा भारतीय पम्पबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा बब्लुमाथि भाथिगछ– २ रामजानकी चोकमा गत मङ्सिर १० गते बिहान पेट्रोल छर्किएर आगो लगाइएको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell