top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

कविता : दिल्ली ,दरबार र दल  |  Published: December 21, 2015  |  सोमबार 6 पुष, 2072  |  1:10 PM  |  Viewed: 612 times

भरत भारद्धाज -
 दिल्ली
यौटा स्याल
सँधै सीमा पारी बस्छ
उसलाई हाम्रो उज्यालो मन पर्दैन
हाम्रो तृप्ति मन पर्दैन
हाम्रो सुख मन पर्दैन
हाम्रो लोकप्रिय नेता मन पर्दैन
हाम्रो संविधान मन पर्दैन
हाम्रो एकता मन पर्दैन
सँधै खेल गर्छ
यहाँ अन्धकार आओस्
आफ्नो साम्राज्य छाओस्

दरवार
/>यौटा स्याल
सधै डाँडामा बस्छ
उसलाई हाम्रो लोकतन्त्र मन पर्दैन
हाम्रो संघीयता मन पर्दैन
हाम्रो स्वतन्त्रता मन पर्दैन
हाम्रो बहस मन पर्दैन
हाम्रो समानता मन पर्दैन
हाम्रो संविधान मन पर्दैन
सँधै खेल गर्छ
यहाँ अन्धकार आओस्
आफ्नो साम्राज्य छाओस्

दल
केही स्यालहरू
हामी जनताकै माझमा बस्छन्
तर उसलाई हाम्रो निकटता मन पर्दैन
हाम्रो सुझाव मन पर्दैन
हाम्रो परिवर्तन मन पर्दैन
हाम्रो चेतना मन पर्दैन
सँधै खेल गर्छन्
यहाँ अन्धकार आओस्
आफ्नो साम्राज्य छाओस्
तीन ‘द’ सँग
दम्भ
द्रव्य
र देश छ
उनीहरूलाई हामीहरूले चिन्न सके
बुझ्न सके
दरिद्रताले हाम्रो स्वतन्त्रता कहिले खोस्दैन ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell