top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नेपाली युवतीमाथि बलात्कारसहित हत्या गर्नेलाई मृत्युदण्ड  |  Published: December 22, 2015  |  मंगलवार 7 पुष, 2072  |  10:36 AM  |  Viewed: 2598 times

काठमाडौं, पुस ७ । गत फेब्रअरीमा भारत हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि नृशंस बलात्कारसहित हत्या गर्ने सात अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ ।

मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थनीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए ।

बलात्कारपछि उनको यौनांगमा ढुंगा र  फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरी अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए ।

हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सिमा सिंघलले सोमबार गरेको फैसलामा अभियुक्तहरु पदम, पवन, सुनिल, सरवर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell