top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

भरुवा बन्दुकसहित तीनजना पक्राउ  |  Published: December 24, 2015  |  बिहीवार 9 पुष, 2072  |  6:10 PM  |  Viewed: 955 times

तनहुँ, पुस ९ । आबुखैरेनी नगरपालिका–७ स्थित पृथ्बी राजमार्गबाट एकनाले भरुवा बन्दुक ५ थानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा आबुखैरेनी नगरपालिका–८ बस्ने ४३ वर्षीय लालध्वज भुजेल, २५ वर्षीय साजन थापा र ३१ वर्षीय लेखबहादुर भुजेल रहेका छन् । उनीहरुलाई चेकजाँचको क्रममा प्रहरीले हतियारसहित फेला पारेको हो ।

पक्राउ परेका तीनजनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell