top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

प्रहरीद्वारा दुई हजार गाँजाको बोट नष्ट  |  Published: December 26, 2015  |  शनिबार 11 पुष, 2072  |  12:04 PM  |  Viewed: 691 times

लहान, पुस ११ । सिरहा प्रहरीले गाँजा फँडानी अभियानअन्तर्गत दुई दिनको अवधिमा सिरहाको विभिन्न स्थानमा दुई हजारभन्दा बढी गाँजाको बोट फँडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएका टोलीले सिरहाको दुर्गापुर गाविस–४ मा विभिन्न व्यक्तिले खेत तथा बारीमा लगाइएको अन्दाजी ८०० गाँजाका बोट नष्ट गरेको हो ।

style="text-align: justify;">यसअघि बुधबार साँझ प्रहरीले गोलबजार नगरपालिका–८ चोहर्वामा स्थानीयले जग्गामा लगाएको ९०० भन्दा बढी गाँजाका बोट नष्ट गरेका थिए ।

लामो समयदेखि जारी आम हडतालका कारण प्रहरी राजमार्गमा बढी केन्द्रित हुने गरेकाले ग्रामीण क्षेत्रमा गाँजाखेती फस्टाएको विभिन्न सञ्चारमाध्यममा आएपछि सिरहा प्रहरीले गाँजा फँडानी अभियान सुरु गरेको हो ।

सिरहाको बडहारामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फूलबरीया, असनपुर, गोलबजार नगरपालिका, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोविन्दपुर, ढोढना, सोनामती मझौरा, हरीपुरलगायतका स्थानमा गाँजाखेती भइरहेको स्थानीयवासीले बताएका छन् । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell