top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

ठगी तथा लागूऔषध मुद्दाका फरार प्रतिवादीहरु पक्राउ  |  Published: December 27, 2015  |  आईतवार 12 पुष, 2072  |  8:35 PM  |  Viewed: 954 times

काठमाडौं, पुस १२ । ठगी र लागूऔषध मुद्दाका फरार २ जना प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–४ बस्ने सिराहा वरियारपटी गाबिस–८ का ४९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने ३३ वर्षीय सुर्यबहादुर क्षेत्री रहेका छन् ।

ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७१ बैशाख १७ गतेको फैसला अनुसार २२ लाख ४० हजार रुपैयाँ जरिवाना र १ महिना कैद ठहरी कैद तथा जरिवाना बेरुजु देखिएका श्रेष्ठलाई पुस १० गते तथा लागूऔषध मुद्दामा पुनरावेदन अदालत पाटनको २०६३ असार १५ गतेको फैसलाले ५ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने ठहरी सजाय बेरुजु देखिएका क्षेत्रीलाई पुस ११ गते ब्यूरोसमेतको टोलीले पक्राउ गरेको हो ।

दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद म्याद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ ।

श्रेष्ठसमेतले २०६९ साउन ४ गते हटिया मकवानपुरस्थित सिमेन्ट उद्योगको बितरक शिवम सिमेन्ट प्रालि त्रिपुरेश्वर काठमाडौंबाट ४४ लाख ८० हजार रुपैयाँ बराबरको सिमेन्ट खरिद गरी भुक्तानी गर्ने क्रममा मौज्दात नै नभएको चेक दिई ठगी गरेका थिए भने क्षेत्री २०६१ कात्तिक २६ गते लागूऔषध बिक्री तथा सेवन गर्न साथमा बोकी हिँडेको अवस्थामा काठमाडौं महानगरपालिका–३४ गैरीगाँउबाट खैरो हिरोइन ७ ग्रामसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell