top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

घरबाट पेस्तोल बरामद, हतियार ओसारपसारमा संलग्न दुईजना पक्राउ  |  Published: December 28, 2015  |  सोमबार 13 पुष, 2072  |  10:55 AM  |  Viewed: 887 times

सप्तरी, पुस १३ । सप्तरी जिल्लाको हर्दिया गाविसस्थित एक घरबाट प्रहरीले पेस्तोलसहित हतियार कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा हर्दिया गाविस ६ बस्ने २३ वर्षीय राम भरोसे यादवको घरमा लुकाई छिपाई राखिएको एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

प्रहरीले हतियार ओसारपसारमा संलग्न घरधनी यादव र सोही स्थानका २० वर्षीय सुशिल खपाङ्गीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका खपाङ्गीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell