top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

रक्सौलबाट अवैधरुपमा भित्र्याइएका ५ ओटा ट्याक्टर प्रहरीले समात्यो कुवेर गौतम (इमेज)  |  Published: December 28, 2015  |  सोमबार 13 पुष, 2072  |  3:13 PM  |  Viewed: 979 times

वीरगन्ज, पुस १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका ट्याक्टरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पत्रकार सम्मेलन गरी भारतको रक्सौबाट अवैधरुपमा नेपाल ल्याइएका ट्याक्टर बरामद गरी सार्वजनिक गरेको हो ।

सिर्सिया छोटी नाका भएर भित्र्याइएका भारतीय कम्पनी महिन्द्राका पाँचओटा नयाँ शक्तिमान ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

तर, आयातकर्ता बर्दिवासस्थित उमेश आइरनका प्रतिनिधि दिनेश साहले भने रक्सौलस्थित भारतीय भन्सारबाट ३ महिना अगाडि नै निर्यातका लागि पास भइसकेका ट्याक्टर मधेसी मोर्चाको धर्ना र अवरोधका कारण मुल नाकाबाट भित्र्याउन नसकेर छोटी नाकाबाट ल्याउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell