top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

प्रकाश कसरी अन्तरिक्षमा हिँड्छ ? गृष्मा राजभण्डारी/ईमेज  |  Published: December 29, 2015  |  मंगलवार 14 पुष, 2072  |  4:12 PM  |  Viewed: 1793 times

काठमाडौं । ब्रम्हाण्डको सबैभन्दा महत्वपूर्ण चिज विद्युत चुम्बकीय क्षेत्र हो । यो चारैतिर पुग्छ । यसले परमाणुलाई एकैठाउँमा बाँध्ने काममात्र नभई इलेक्ट्रोन जस्तो परमाणुको सानो कणको सहयोगमा विभिन्न परमाणुलाई बाँधेर विद्युतीय प्रवाह पनि बनाउँछ । हाम्रो संसार यही विद्युत चुम्बकीय क्षेत्रको सहयोगमा थुप्रै प्रकारका परमाणुहरु मिलेर बनेको हो । हामी मान्छेजस्तै जीवित प्राणी पनि अस्तित्वमा रहन र आफ्नो कार्य गर्न यसैमा भर पर्नुपर्छ । पोखरीमा हात नचाउँदा पानीमा तरङ्ग देखापरे झैं परमाणुभित्र इलेक्ट्रोनको गतिले त्यो क्षेत्रमा तरङ्ग बनाउँछ । यसलाई विद्युत चुम्बकीय तरङ्ग भनिन्छ । अनि यो क्षेत्र ब्रम्हाण्डभरि नै भएकाले विद्युत चुम्बकीय तरङ्गको शक्तिलाई सोस्ने अर्को इलेक्ट्रोन नभेटेसम्म ब्रम्हाण्डभरि फैलिन्छ । यो तरङ्ग विभिन्न रुपमा पैदा हुन्छ । तर कुनै–कुनैले त आँखालाई बिगार्न सक्छ । यी विभिन्न प्रकारका तरङ्गहरुलाई हामी प्रकाशको विभिन्न रङको रुपमा देख्छौं । अन्य तरङ्गहरुमा रेडियो रङ, माइक्रोवेभ, इन्फारेड, अल्ट्राभायलेट, एक्स रे र गामा रे हुन् ।

कुनै पनि बस्तुभित्रको इलेक्ट्रोन हरदम चलायमान हुन्छ । यसलाई चलायमान बनाउने परमाणु आफैं पनि चलायमान हुन्छ । त्यसैले प्रत्येक बस्तुले हरदम विद्युत चुम्बकीय तरङ्ग निकालिरहेको हुन्छ । कोठाको जस्तो सामान्य तापक्रममा सामान्यतया इन्फ्रारेड तरङ्ग उत्पन्न हुन्छ । तर अझ ताता बस्तुहरुमा इलेक्ट्रोन र एटमको कम्पन एकदम बढी हुन्छ । अनि यसबाट हाम्रो आँखाले देख्न सकिने तरङ्ग अर्थात प्रकाश उत्पन्न हुन्छ । अन्तरिक्षमा रहेका ताराजस्ता अत्यधिक तातो बस्तुहरुले पनि आँखाले देख्न सकिने प्रकाश उत्पादन गर्छ । यस्तो प्रकाशले कतै नठोक्किकन लामो दूरी पार गर्न सक्छ । हामीले तारातिर हेर्दा त्यो प्रकाश सयौं बर्षअघिदेखि यात्रारत हुनसक्छ । त्यसपछि बल्ल हाम्रो आँखामा पर्छ । र यसले हाम्रो आँखाको रेटिनाको इलेक्ट्रोनलाई हिर्काउँछ । त्यसपछि अप्टिक नर्भसँगै हाम्रो मस्तिष्कमा यो पुग्छ । हाम्रो ब्रम्हाण्ड निरन्तर फैलिरहेको पनि छ । जस्तो कि हावा भरेर फुलाउँदै गरिएको बलुनजस्तै । यसको मतलव टाढाका तार र ग्यालेक्सीहरु पृथ्वीबाट झन्झन् टाढा हुँदै छन् । यसो हुँदा त्यहाँबाट पृथ्वीमा आउने प्रकाश पनि झन् तन्किंदै जान्छ । यो जति फैलिन्छ, प्रकाश त्यति नै टाढा पुग्छ । यसरी टाढाका तारा वा ग्यालेक्सी जति टाढा जान्छ त्यति नै त्यहाँबाट पृथ्वीमा आउने प्रकाशले लामो दूरी पार गर्नुपर्ने हुन्छ । अनि जति लामो दूरी पार गर्नुपर्छ त्यति नै त्यहाँबाट आउने प्रकाशको रङ झन् रातो हुन थाल्छ । हामी यसलाई रेड सिफ्ट भन्छौं । अन्तिममा यो रेड सिफ्ट झन् टाढा भएपछि प्रकाश देखिन छाड्छ अर्थात यो अदृश्य इन्फ्रारेड बन्छ । त्यसपछि माइक्रोवेभ विकिरण बन्छ । पृथ्वीमा माइक्रोवेभ ओभनमा प्रयोग गरिने तरङ्ग यही हो ।

ब्रम्हाण्डको उत्पति अर्थात् महाविस्फोटको बेलामा उत्पन्न भएको शक्तिशाली प्रकाशको अवस्था पनि यस्तै रहेको छ । लगभग १ सय ३० खर्ब बर्षको यात्रा पार गर्दै त्यो प्रकाश अहिले माइक्रोबेभ तरङ्गको रुपमा अन्तरिक्षको चारैतिर फैलिरहेको छ । त्यसलाई ‘कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड रेडिएसन’ भनिन्छ । यसरी प्रकाश अन्तरिक्षमा हिँड्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell