त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | Published: December 31, 2015 | बिहीवार 16 पुष, 2072 | 7:03 AM | Viewed: 329 times
काठमाडौं, पुस १६ । त्रिमूर्ति निकेतनले कविशिरोमणि लेखनाथ पौडयालको १३२औँ जयन्ती मनाएको छ । सञ्चारग्रामस्थित विभिन्न कवि लेखकहरुले लेखनाथ पौडयालको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै कविशिरोमणिमा श्रद्धान्जली अर्पण गरे ।उक्त अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित
सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली, लेखनाथ पौड्याल काव्यसभाका कार्यक्रम संयोजक यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली भएको बताएका छन् ।
कार्यक्रममा कविहरू फूलमान बल, करुणा झा, मञ्जु हाडा, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गरेका थिए ।कविशिरोमणि, नाट्यसम्राट् र महाकविका सम्मानमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।