top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

विदेशी मुद्रा साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने गिरोह पक्राउ  |  Published: December 31, 2015  |  बिहीवार 16 पुष, 2072  |  8:44 AM  |  Viewed: 985 times

बनेपा, पुस १६ । विदेशी मुद्रा साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने एक दम्पतीसहित चारजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको हुलिया र सुराकीका आधारमा उनीहरुलाई फरक फरक मितिमा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई आजै सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार सिन्धुपाल्चोक जिल्लाका ४० वर्षीय दिनेश लामा भन्ने मङ्गलबहादुर तामाङ, उनकी श्रीमती ३५ वर्षीया सम्झना भन्ने लक्ष्मी तामाङ, सोही जिल्लाकै २५ वर्षीय पदमबहादुर तामाङ र २६ वर्षीय पासाङ तामाङ पक्राउ परेका हुन् ।

उनीहरुको गिरोहले लुटपाट गर्ने क्रममा खुकुरी प्रहार गरी काभ्रेपलाञ्चोकको नाल्डुङ गाविसका कान्छामान तामाङलाई गम्भीर घाइते बनाएको छ । प्रहरीका अनुसार तामाङको वीर अस्पतालमा अर्धचेत अवस्थामा उपचार भइरहेको छ ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell