top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

शारीरिक सम्बन्धपछि विवाद, ढुंगाले हानेर कृष्णकुमारीको हत्या भएको खुलासा  |  Published: December 31, 2015  |  बिहीवार 16 पुष, 2072  |  3:33 PM  |  Viewed: 9421 times

उदयपुर, पुस १६ । चार दिनअघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस–८ बस्ने वर्ष ३८ की कृष्णकुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाविस बस्ने ३९ वर्षीय मगरले कृष्णकुमारीसँग केही समययतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।

कृष्णकुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ ।

उक्त दिन जंगलमा दाउरा काट्न गएकी कृष्णकुमारीसँग शारिरीक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुंगा टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए ।

सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अवस्थामा पक्राउ गरेको हो ।

कृष्णकुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजीकार्य थालेको थियो । उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell