top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

तीनजना बालिका बन्धक बनाउने अभियुक्त सार्वजनिक  |  Published: December 31, 2015  |  बिहीवार 16 पुष, 2072  |  6:51 PM  |  Viewed: 1751 times

काठमाडौं, पुस १६ । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले विहीबार सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले विहीबार पत्रकार सम्मेलन अपहरण तथा शरीर बन्धक, चोरी–डकैती, कालोबजारी, लागूऔषध र ठगीका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

तीनजना बालिकालाई बन्धक बनाइराखेको अभियोगमा पक्राउ परेका नुवाकोटका २० वर्षीय रोजी लामा र १८ वर्षीया पार्वती गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, नयाँ बसपार्क क्षेत्रमा खाना पकाउने ग्यासको कालोबजारी गर्दै प्रतिसिलिन्डर ७ हजार ५ सय रुपैयाँ लिएर बेच्ने रुपन्देहीका बलराम पाठकलाईसमेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell