top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

१ लाख ८० हजार घुससहित यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक पक्राउ  |  Published: December 31, 2015  |  बिहीवार 16 पुष, 2072  |  7:32 PM  |  Viewed: 2547 times

काठमाडौं, पुस १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विहीबार कार्यस्थलमा नै पक्राउ गरेको छ ।

आयोगको स्टिङ अप्रेसनका क्रममा विभागका प्राविधिक निर्देशक पोखरेल पक्राउ परेका हुन् ।

विद्युतीय स्कुटर आयातको अनमुति दिनेक्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सहायक प्रवक्ता रिजालका अनुसार इलेक्ट्रिक स्कुटर आयातका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेको थियो । आयोगले रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको हो ।

सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा काम गराउन अवाञ्छित तवरले घुस तिर्नुपरेको भन्ने आशयका समाचार प्रकाशित भएपछि आयोगको टोलीले त्यस्ता निकायमा निगरानी बढाएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell