top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

सन्दर्भ,राष्ट्रिय मेलमिलाप दिवस : जोगाउ नेपाली - नेपालीका बीचको मेलमिलाप  |  Published: January 1, 2016  |  शुक्रबार 17 पुष, 2072  |  11:54 AM  |  Viewed: 614 times

हरिविनोद अधिकारी -  संविधानसभाले संविधान बनाएर कार्यान्वयनको चरणमा छ । यो संविधानसभाको दोस्रो निर्वाचनले मात्र सम्भव भएको हो र संविधान बनाउनमा नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार थियो र त्यसको नेतृत्व नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो ।  सदनमा ठूलो दल भएर पनि नेपाली काँग्रेस नेपाली राजनीतिमा  चौतर्फी घेराबन्दीमा परेको छ । त्यो घेराबन्दी वामपन्थीहरुको, मधेस केन्द्रित दलहरुको र विदेशी मित्रहरुको समेत हो । सबैको अखानोमा परेको बेला छ र नेपाली काँग्रेस आफैँ आन्तरिक प्रजातन्त्रका लागि संघर्षरत पनि छ । एकातिर सबै दलहरुसँगको आन्तरिक असैद्धान्तिक प्रतिस्पर्धा र आफैँमा अनुशासनहीनताको अन्तद्र्वन्द्वमा फसेको छ नेपाली काँग्रेस । संसदमा ठूलो दल हो र पनि प्राप्त मत नेपाली काँग्रेसका लागि कम हो तर अरुका लागि यो अनपेक्षित बनेको रहेछ ।
२०१५,२४८,२०५६मा आफैँले बहुमतको सरकार बनाएको नेपाली काँग्रेससँग अहिले  आफैँसँग सरकार बनाउने बहुमत पनि छैन र संविधान बनाउनका लागि भरपर्दो मित्र शक्तिको आड भरोस गर्ने ठाउँ पनि देखिँदैन तथापि संसदीय व्यवस्थामा देखिने वा भित्र्याइने सम्पूर्ण नराम्रा व्यवहार र अभ्यासको अपजस भने उसैको टाउकोमा थोपरिन्छ । गर्दागर्दै ठूलो मन्त्रिपरिषदको अवस्था र धेरैओटा मन्त्रालय बनाउनु पर्नाको कारणसमेत प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपाली काँग्रेसको असहयोगले भनी पानी माथिको ओभानो हुने कुरा गर्नु भएको छ ।
पहिलो संविधानसभाको निर्वाचन पश्चातको अवस्था र त्यो सभाको बेलामा सकेसम्म सरकारमा जान रोकिएको परिप्रेक्ष्यमा सदाका लागि नेपाली काँग्रेस अब खुम्चियो भन्ने निष्कर्षमा पुगेका एमाले र माओबादीको नियतमा अहिले पनि खोट देखिन्छ र त राष्ट्रपतिको निर्वाचनमा अनावश्यक बेमौसमी बखेडा निकालिरहेका थिए  ठाउँ कुठाउँ । आखिर काँग्रेसले विधिको शासनलाई मान्दै राष्ट्रपतिमा हार स्वीकार ग¥यो । सभामुखमा उम्मेदवारी नै दिएन र प्रधानमन्त्रीका लागि दिएको उम्मेदवारीमा त्यसै कोकोहोलो गरियो । तत्कालीन प्रधानमन्त्रीले निर्वाचन हारेर त्यसको परिणाम पाएको अवस्थामा त्यो कुराको उछित्तो जगाउनु पर्ने खासै कारण थिएन । अहिले ओली सरकारको सम्पूर्ण असफलताको दोष काँग्रेसमाथि थोपरिँदैछ । वास्तवमा त्यो एउटा बहाना हो काँग्रेसलाई चौतर्फी घेरामा हाल्ने ।  
यो पुसमा एउटा संयोग पनि छ नेपाली काँग्रेसका लागि । नेपालको राजनीतिक इतिहासमा पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा लिइन्छ पनि । हुन त यो दिन अर्थात् २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमानजीसहितका नेताहरु विनाशर्त भारत प्रवासबाट नेपालमा फर्कनु भएको थियो । नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर त्यस्तो निर्णय गरिएको थियो , त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली काँग्रेसका थुप्रै अहिँसावादी नेताहरुलाई पनि लामो समय लागेको थियो । यसका प्रणेता नेपाली काँग्रेसका अध्यक्ष बीपी कोइराला स्वयम् नै हुनुहुन्थ्यो । त्यो नीतिको सोलोढोलो परिणाम आउन्जेलसम्म बीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडाभएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अथ्र्याउन सकिन्छ । त्यसैको परिणामस्वरुप लोकतन्त्रको बहाली , पुनर्बहाली सम्भव भएको विश्लेषण गर्दा अत्युक्ति हुँदैन नेपाली राजनीतिमा । राजाको प्रजातन्त्र विरुद्धको अनवरत दृश्य अदृश्य लिँढे ढिपीले गणतन्त्र सम्भव भएको पनि माने अत्युक्ति हुने छैन ।
नेपालको राष्ट्रिय स्वाधीनताको लडाईँ र त्यसको जनपक्षको कुरा गर्दा पछिल्लो अडानको रुपमा बीपी कोइराला, गणेशमानजीको विक्रम सम्वत २०३३ साल पुस १६ गतेको नेपाल प्रवेशलाई लिनु पर्दछ । त्यो स्वाधीनताको शान्तिपूर्ण युद्ध कसैको विरुद्धमा थिएन, तर नेपालको राष्ट्रियताको पक्षमा थियो , नेपालीहरुलाई सचेत गराउने विषयमा थियो र नेपाललाई कसरी एउटा निरङ्कुश शासनबाट प्रजातान्त्रिक प्रणालीमा रुपान्तरित गर्ने भन्ने व्यापक विषयमा केन्द्रित थियो । त्यहाँ सवै अटाउँथे , राजा पनि, वामपन्थीहरु पनि र राजावादीहरु पनि । तर विदेशीका इसारामा हिँड्नेहरु र नेपाललाई अस्थिरताको चक्रव्यूहमा फसाउनेहरु भने त्यसमा अटाउने कुनै गुन्जायस थिएन । अटाएनन् पनि । तर समयको पदचाप नसुन्दा र राष्ट्रिय मेलमिलापलाई बीपीको असफलताको हीनता ग्रन्थीको उपज सम्झेर आफूलाई विष्णुको अवतार सम्झने अनि  जहिले पनि सैनिक बलका आधारमा आफूलाई बलियो सम्झने राजतन्त्रलाई अहिले लाग्दो हो , त्यसबेलामा त्यो सुकेको आवाजले बोल्ने विरामी मानिसको सशक्त तर्क सुन्न सकेको भए र त्यो तर्कलाई व्याख्या गर्न सकेको भए आज नेपालको मुहार अर्कै हुने थियो र विकासको नयाँ नमुनाको रुपमा यो देश विश्वमञ्चमा दर्ता हुने थियो जस्तो कि अहिले जापान, बेलायत, डेनमार्क, स्विडेन, नर्बे प्रस्तुत छन् ।
एउटा विरोधलाई कतैबाट पनि नसहने तर मुलुकमा शान्ति छ भन्ने शैलीको मुर्दा शान्तिले बास गरिरहेको बेलामा र राजाले गाउँ फर्क अभियानको नाममा पञ्चायतलाई स्टालिनशैलीमा एकदलीयस्वरुप दिई रहेको बेलामा बीपीले राष्ट्रिय मेलमिलापको नीतिलिई नेपाल प्रवेश गर्ने राजनीतिक जोखिम उठाउनु भएको थियो । यसरी राजनेताहरुले आफ्नो स्वनिर्वासन त्यागी स्वेच्छाले स्वदेश प्रवेश गर्दा पनि कहिलेकाहीँ त्यो निर्णय राजनीतिकरुपमा जनआन्दोलनमा रुपान्तरित हँुदोरहेछ र त्यसले शान्त समुद्रमा ज्वार भाटा आएपछि देखिने  आधारभूतरुपमा राजनीतिको धार नै परिवर्तन गर्दोरहेछ भन्ने कुराको आधार त्यस दिनलाई लिन सकिन्छ जुन दिनलाई बीपी कोइराला, गणेशमानजीले राष्ट्रभित्र नै  मेलमिलाप गर्नका लागि राजनीतिको नयाँ रुप प्रस्तुत गर्नुभएको थियो । तत्कालीन अवस्थामा निर्विकल्प भनी व्याख्या गरिएको र राष्ट्रियताको पक्षमा भनी तत्कालीन अवस्थाका चिनिएका स्वनामधन्य वामपन्थीहरुबाट समेत स्वीकृत निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सदैव असहमति जनाउँदै आउनु भएका र त्यसका विपक्षमा सशस्त्र आन्दोलनसमेत गर्नुभएका नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिँहसहितका नेताहरुले आफ्नै देशमा शान्तिपूर्ण तरिकाले अहिँसात्मक आन्दोलन गर्न भनी लिएको नीतिलाई नै नेपालको राजनीतिमा राष्ट्रिय मेलमिलापको रुपमा मानिएको छ । बीपी, गणेशमानजीसहितका थुप्रै नेताहरुलाई फाँसीसमेतको माँग गरी नेपालका अदालतहरुमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण काँग्रेसहरु बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा ग्वारग्वारती पस्दा  नेपालको राजनीतिमा एउटा सशक्त तरङ्ग उत्पन्न भएको थियो र पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरुका लागि त्यो तिलस्मी नीतिको रुपमा अथ्र्याइएको थियो । राजासँग मिलेर भए पनि कमजोर राष्ट्रियतालाई सबल बनाउने तर प्रजातन्त्रविनाको राष्ट्रियता खोक्रो नारामात्र साबित हुने भएकोले न संघर्ष , न समर्पणको नीतिलाई अवलम्बन गरिएको थियो । समर्पण कोहीसँग होइन तर नेपालको हितका लागि जो सँग पनि सहकार्य गर्ने नीति थियो , प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्बहाली गराएरै छोड्ने नीति थियो बीपीको । यसमा लौहपुरुष गणेशमानजी, अथक शान्तियोद्धा कृष्णप्रसाद भट्टराईजी, क्रान्ति नायक गिरिजाप्रसाद कोइराला, अथक प्रजातन्त्रका सेनानी महेन्द्रनारायण निधिजस्ता नेताहरुको बीपीलाई सदैब साथ थियो ।

हजारौँ युवा नेताहरुको सक्षम नेतृत्व सदैव उहाँको प्रजातन्त्र प्राप्तिका पक्षमा थियो । नेपाली जनताको जनपक्षीय धारको नेतृत्व बीपीको नाममा मात्र विश्वभर विश्वसनीयरुपमा यसकारणले पनि परिचित थियो कि उहाँलाई राजाले २०१७ सालमा विनाकारण सैनिक बलमा अपदस्थ गरेका थिए । त्यसपछि कुनै पनि नागरिकलाई कुनै पनि दलमा स्वेच्छाले लागेकोमा अपराधी घोषणा गरिएको थियो । एकदलीय र निरङ्कुश शासनको यो परिचय नै हो लोकतन्त्रका विरुद्धमा सदैव । आज पनि कतिपय देशमा यो सुन्न र देख्न पाइन्छ ।
पुस १६ पछि नेपालको राजनीतिले गुणात्मक परिवर्तन आत्मसात ग¥यो । त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको  संविधानसभा हो र उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हो जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय स्वरुप र समावेशी चरित्रको शासकीय स्वरुप छ ।
अब चर्चा गराँै, मेलमिलापको अहिलेको सन्दर्भमा । मुलुक सरकारविहीन छ । यत्ति धेरै दलहरुको , विचार नमिल्ने दलहरुको सहकार्य देखाइएको छ कि यो सरकार झन्डै झन्डै काम चलाउ जस्तै छ । राजनीतिक दलहरुको अनिर्णय र अपरिपक्वताले मुलुक अझै अनिर्णयको बन्दी कतिसम्म हुने हो , भन्न सकिँदैन । दण्डविहीनता मौलाएको छ । भ्रष्टाचार सदाचार भएको छ । दलहरुका बीचमा आपसी र दलीय विवाद आन्तरिक रुपमा कायम छन् । दलहरुका बीचमा नै मेलमिलाप आवश्यकता छ । त्यसैले दलहरु प्रति जनतामा नैराश्यता छ र पनि दलहरु नै लोकतन्त्रका वाहक र उपभोक्ता दुवै रहेको अवस्था छ । सवै दलहरु मिल्नु बाहेक कुनै अर्को विकल्प बाँकी छैन । बीपीले भन्नु भएको बेलामा जस्तो जटिल अवस्थामा मात्र देश छैन । मियो विनाको दाइँ भइरहेको अवस्था छ । दलहरुका बीचमा विश्वासको सङ्कट छ । कसैको पनि कसैसँग विश्वास छैन ।

विश्वका लोकतान्त्रिक मुलुकलाई र संस्थाहरुलाई लोकतन्त्रको विकासप्रति विश्वस्त पानसक्र्ने अन्तरराष्ट्रिय व्यक्तित्व भएको मानिस गिरिजाबाबु पनि अहिले हामी सामु हुनुहुन्न । उहाँले नासोमा छोड्नु भएको दल नेपाली काँग्रेसभित्रमा पनि अहिले आफैँ राष्ट्रिय मेलमिलापको आवश्यकता छ । एमाले, माओबादी, फोरम, तमलोपा माले सवैमा आफैँमा मेलमिलापको आवश्यकता छ । मधेस केन्द्रित दलहरुले संविधानप्रति असन्तुष्टि जनाई गरेको आन्दोलनले अन्यौलमात्र जन्माएको छ । कहिले मिल्यो जस्तो त कहिले कहिल्यै मिल्दैन जस्तो देखिन्छ । कहिले मुलुकको अस्मितामाथि नै धाबा बोलेजस्तो त कहिले सबै ठीकै जस्तो देखिन्छ । कहिले कुन दलको निकट को जस्तो कहिले को जस्तो देखिन्छ । सायद यसैलाई भन्दछन् क्यारे संक्रमणकाल र अन्यौलग्रस्त राजनीति ।
त्यसैले आज अन्तरदलीय मेलमिलापको आवश्यकता देखिन्छ । सरकार सञ्चालनका लागि होस् कि फेरि नयाँ सरकार निर्माण गर्नका लागि होस्, वा संविधानको कार्यान्वयन गर्नका लागि होस् । बीपीले  भनेजस्तै अवस्था होस वा नहोस्, उहाँले कल्पना गर्नुभएको मेलमिलापको सैद्धान्तिक धरातलले मात्र आजको समस्या समाधान हुनसक्ने संभावना देखिन्छ । मुलुक झन झन दुरावस्थामा भासिएको छ । बीपीको एक इसारामा ज्यानको बाजी थाप्न चाहने ती युवाहरु अहिले नयाँ बहुराष्ट्रको परिभाषा खोजिरहेका छन् र मुलुकको अवस्था अझ जीर्ण र कमजोर हुँदा पनि मुलुकप्रति संवेदनशील हुन सकेका छैनन् , किन ? यसको उत्तर आजको नीति निर्माता र नेतृत्वले दिनै पर्छ ।

दिनको हिसाबले त त्यो दिवस पुस १६ गते नै मनाइयो । तर मेलमिलापलाई , त्यो दिवसलाई काँग्रेसको मात्र सम्झने धृष्टता नगरौं । सवैले बीपीको त्यो संवेदनशीलतालाई अहिले पनि मनन गरौं । नेपालको राष्ट्रियता बलियो बनाउन हामी नेपालीमात्र लाग्नु पर्दछ । कोही हामीबीच हाम्रो प्रमुख शत्रु वा परम मित्र छैन । हामी एउटै डुँगामा सबार छौँ । प्वाल पा¥यौँ भने हाम्रो डँुगा डुब्ने छ । बाहिरकालाई रमिता हुनेछ । कथा हुनेछ । त्यसैले हामी सबै साझा प्रश्नमा एक भएर काम गर्न सक्यौँ र एक भएर समस्या समाधान गर्न सक्यौँ भने कसैले केही पनि गर्न सक्दैन । हामी आफ्ना अतीतका गल्तीबाट सिक्ने भन्दा डराउने गर्दछाँै । हामी गल्ती स्विकार्ने हिम्मत गराँै र सवै जना मिलेर यो अतीव सुन्दर देशलाई अझ सुन्दर बनाऔँ । सवैको मेलमिलाप र सहकार्यबाट मात्र त्यो संभव छ । राष्ट्रिय मेलमिलाप दिवसको मनन गर्ने कुरा पनि यही हो । कसैलाई निषेध गरेर वा चौतर्फी घेरामा पारेरमात्र नेपालको हित हुने छैन । लोकतन्त्रको विपक्षमा नसोचाँै । लोकतन्त्रका विकल्पमा लोकतन्त्रमात्र हुन्छ भन्ने सहमति तयार गरौँ । आजको नाकाबन्दी या मधेस जागरणको सही समाधान मेलमिलापबाट मात्रै निकाल्न सक्दछौँ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell