top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ  |  Published: January 1, 2016  |  शुक्रबार 17 पुष, 2072  |  10:20 AM  |  Viewed: 731 times

महोत्तरी, पुस १७ । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा आज बिहान महोत्तरीको गौशालाबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले लक्ष्मीनियाँ–३ का १८ वर्षीय दिनेशकुमार महतोलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

केही दिनअगाडि महोत्तरीको भरतपुर–५ का सञ्जय महतोको घरबाट बी आर ०१–५९९६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो । सोही मोटरसाइकलसहित दिनेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान सो मोटरसाइकल गौशालास्थित महावीर ग्यारेजमा मर्मतका लागि ल्याएको समयमा सुराकीका आधारमा इलाका प्रहरी कार्यालय गौशालाका टोलीले दिनेशलाई पक्राउ गरेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए ।

सो घटनामा संलग्न अन्य तीनजना फरार रहेकाले खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell