top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

लागूऔषधसहित तीनजना पक्राउ  |  Published: January 1, 2016  |  शुक्रबार 17 पुष, 2072  |  1:21 PM  |  Viewed: 404 times

चन्द्रनिगाहपुर, पुस १७ । ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध कोरेक्ससहित प्रहरीले एक जना भारतीयसहित तीन जनालाई रौतहटबाट पक्राउ गरेको छ ।

उनीहरुका साथबाट प्रहरीले २०३ थान कोरेक्स र दुईवटा मोटरसाइकल बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो क्षेत्रीय कार्यालय वीरगन्ज तथा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले चन्द्रपुर नगरपालिका–९ का चन्द्रादेवी भण्डारी, सर्लाही मधुवनी– ८ का विजय महतो, भारत सितामढीका शसिनन्दन यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुले प्रयोग गर्ने बा२६प ८३४५ र पिबी १० सिएस ७०१७ नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell