top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

ट्यांकरको सिल तोडी इन्धन चोर्नेविरुद्ध मुद्दा  |  Published: January 3, 2016  |  आईतवार 19 पुष, 2072  |  1:32 PM  |  Viewed: 498 times

मोरङ, पुस १९ । इन्धन चोरी गर्ने एक जनाविरुद्ध मोरङ प्रहरीले मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार स्थानीयवासी बलराम राजवंशीले गत सोमबार ना४ख ४५० नंको ट्यांकरको दुई नं सिल तोडी सय लि डिजेल चोरेकाले उनीविरुद्ध मुद्दा चलाइएको हो ।

नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय नजिकै राखिएको उक्त ट्यांकरका सहचालकको मुख बाँधेर सो समूहले गाडीको इन्धनको सिल फोडी तेल निकालेर लगेको मोरङ प्रहरीले जनाएको छ ।

सो गाडीका सहचालक बब्लु पासवानको उजुरीका आधारमा पक्राउ गरी चोरी ऐनअन्तर्गतको मुद्दा चलाइएको हो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell