top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने तीनजना पक्राउ  |  Published: January 4, 2016  |  सोमबार 20 पुष, 2072  |  2:19 PM  |  Viewed: 1264 times

लहान, पुस २० । नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले लहानबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका तीनै जनालाई आवश्यक कारवाहीका लागि राजस्व विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानको टोलीले नक्कली मदिरा बनाउने कार्यमा संलग्न रहेको आरोपमा सिरहाको बल्ही– ७ निवासी रामगणेश यादव, खरुकियाही– ४ निवासी उमेश शर्मा र लहान नगरपालिका– १२ निवासी बचन साहलाई आइतबार साँझ पक्राउ गरेको हो ।

उनीहरूले नक्कली केमिकल हालेर रुसलान भोड्का, रोयल स्टाग, सिग्नेचरलगायतको खाली बोतलमा नक्कली रक्सी प्याक गरी आन्तरिक राजस्व कार्यालयको स्टिकरसमेत टाँसेर बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व विभाग पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनीहरुबाट विभिन्न ब्रान्डमा भरिएको नक्कली मदिरा ७१ बोतल, मदिराका खाली बोतल ३०० थानगरी ३७१ थान मदिराका बोतल, विभिन्न ब्रान्डका मदिराको ५० थान स्टिकर, विभिन्न ब्रान्डका मदिराको २०० थान बिर्को बरामद गरिएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले बताए ।

पक्राउ परेकाले महिनौँदेखि लहान– ५ स्थित एक घरमा कोठा भाडा लिएर नक्कली मदिरा बनाउने कार्य गर्दैआएको प्रहरीले बताएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell