top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

साढे चार लाख घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ  |  Published: January 4, 2016  |  सोमबार 20 पुष, 2072  |  7:11 PM  |  Viewed: 2281 times

महोत्तरी, पुस २० । महोत्तरीको गौशाला नगरपालिकाका सब इन्जिनियर शत्रुघ्नप्रसाद साह कानुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ गरेको छ ।

साह कानुले सडक निर्माणको ठेक्काबापतको ३० लाख रुपैयाँ निकासाका लागि ठेकेदारबाट साढे चार लाख रुपैयाँ घुस लिएको सूचनाको आधारमा अख्तियारको टोलीले धनुषा जिल्लाको महेन्द्रनगरबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

बर्दिवासस्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले कानुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गौशाला नगरपालिका–७ अन्तर्गतको पिसीसी सडक ढलानकार्य सम्पन्न भएपछि शर्त बमोजिमको रकम भुक्तानी दिन कानुले आनाकानी गर्दै आएका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell