top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

गोली प्रहार गरी प्रहरी सहायक निरीक्षकको हत्या  |  Published: January 5, 2016  |  मंगलवार 21 पुष, 2072  |  9:07 AM  |  Viewed: 1666 times

सप्तरी, पुस २१ । सप्तरी जिल्लाको नर्घो गाबिसमा सोमबार साँझ एक प्रहरी सहायक निरीक्षकको हत्या भएको छ ।

अज्ञात समुहको गोली प्रहारबाट प्रहरी चौकी झुट्कीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको मृत्यु भएको हो ।

नर्घो गाविस ६ स्थित झुट्की चौकमा डियुटीमा रहेका सुब्बामाथि साँझ ६ बजेतिर दुईवटा भारतीय मोटरसाइकलमा आएका समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

छाती र दाहिने तिघ्रामा एक–एक गोली लागेका उनलाई उपचारकालागि राजविराज अञ्चल अस्पताल लगिएकोमा सोही अस्पतालमा सांझ ७ बजे उनको मृत्यु भएको हो ।

घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान तथा गोली प्रहार गर्ने समुहको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell