top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

इन्धनको कालोबजारी गर्ने १२ जना प्रहरीको नियन्त्रणमा  |  Published: January 5, 2016  |  मंगलवार 21 पुष, 2072  |  7:33 PM  |  Viewed: 1002 times

बिराटनगर, पुस २१ । विराटनगरमा अवैध रुपमा ग्यास एवम् पेट्रोलियम पदार्थको कालोबजारी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगर क्षेत्रमा फैलिएको ग्यास एव इन्धनको कालो बजारी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएपछि १२ जना पक्राउ परेका हुन् ।

प्रहरीले हिजो साँझदेखि मंगलबार विहानसम्मका ठूलो मात्रामा पेट्रोलियम पदार्थ समेत बरामद गरेको छ । मोरङका प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले अहिलेसम्म ९ हजार ५ सय ८५ लिटर डिजेल नगरका विभिन्न स्थानवाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

यस्तै ६ सय ६२ लिटर पेट्रोल, १ सय ७१ वटा ग्यास सिलिण्डर र १ सय ५० लिटर मट्टितेलसहित इन्धन ओसार्ने तीन वटा गाडी पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell