top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

मानसिक सन्तुलन गुमाएका बाबुले गरे छोराको हत्या  |  Published: January 6, 2016  |  बुद्धबार 22 पुष, 2072  |  11:01 AM  |  Viewed: 1706 times

कञ्चनपुर, पुस २२ ।  कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएका बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

भिमदत्त नगरपालिका–१५ का ४० वर्षिय विष्णु भट्टले आफ्ना ७ वर्षिय छोरा हरिश भट्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिए ।

भट्टले छोराको घाँटीमा विजुलीको तारले बाँधेर हत्या गरी घर नजिकैको बाँसको झाडीमा फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भट्ट फरार छन् भने उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell