top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

सिन्धुलीमा गाई–गोरुको तस्करी बढ्यो  |  Published: January 7, 2016  |  बिहीवार 23 पुष, 2072  |  9:09 AM  |  Viewed: 773 times

सिन्धुली, पुस २३ । सिन्धुलीमा गाईको अबैध तस्करी बढेको छ । सरकारले राष्ट्रिय जनावर गाईको अबैध व्यापार गर्न रोक लगाएता पनि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, कमलाखोज तथा मरिण क्षेत्रका विभिन्न स्थानहरुबाट गाईको खुलेआम तस्करी र व्यापार भइरहेको हो ।

गाईको तस्करी तथा अबैध रुपमा व्यापार गर्नेहरुले सिन्धुली लगायत रामेछाप, दोलखा, ओखलढुङगा, खोटांङ लगायतका जिल्लाका विभिन्न ग्रामिण वस्तीहरुबाट ल्याईएका बुढा अवस्थाका गाई, गोरु र वाच्छा बाच्छिहरु सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर कमलाखोच, मरिण क्षेत्र नाकाहरुबाट सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्ला हुंदै भारतीय बजारमा पुर्‍याउदै आएका छन् ।

मुलुकी ऐन चौपायाको महलमा गाई र गोरु मार्ने माथि ६ वर्ष जेल सजायंको समेत व्यवस्था गरिएको छ ।

तस्करले ट्रान्जिट प्वाईन्ट सिन्धुलीलाई बनाएर वार्षिक रुपमा ६५ हजार संख्याको हाराहारीमा गाई तथा गोरुहरु तराइ तर्फ निकासी गराइदै आएको एक तथ्यांकले देखाएको छ ।

अबैध व्यापार गर्नेहरुले एउटी बुढी गाई २ हजारदेखि ५ हजार सम्मको मूल्यमा बिक्री वितरण गर्दै आएका छन् ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell