top
ImageKhabar
मंगलवार, 13 जेष्ठ, 2077 Tuesday, May 26, 2020

ImageKhabar Archive

गुट्का उद्योगमा आगजनी गर्ने माओवादीका कार्यकर्ता पक्राउ  |  Published: January 7, 2016  |  बिहीवार 23 पुष, 2072  |  5:22 PM  |  Viewed: 701 times

झापा, पुस २३  । झापाको दुवागढी–९ स्थित प्रगतिटोलमा रहेको साकम्बरी प्रोडक्ट (गुट्खा उद्योग) मा आगजनी गरेको आरोपमा प्रहरीले नेकपा माओवादीका झापा सेक्रेटरीसहित चारजनालाई पक्राउ गरेको छ ।

माओवादीका झापा सेक्रेटरी विवश किराँती, जिल्ला सदस्य चमनलाल माझी, पुष्प अधिकारी र विद्यार्थी नेता नवीन अधिकारीलाई आज झापाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

यता माओवादी झापाका नेता सुमनसिंह पौडेलका अनुसार उनीहरुलाई जिल्ला सचिवालय सदस्य लक्ष्मी याख्खाको घरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।

गत पुस ६ गते राति गुट्खा उद्योगमा आगजनी गरिएको थियो । आगजनीबाट रु एक करोड बरावरको क्षति भएको थियो । आगजनीलगत्तै नेता पौडेलले उक्त गुट्खा उद्योगमा आफूहरुले आगजनी गरेको भन्दै जिम्मा लिएका थिए। रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell