top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

दुई किलो सुन चोरीमा संलग्न तीनजना पक्राउ फाइल तस्वीर  |  Published: January 7, 2016  |  बिहीवार 23 पुष, 2072  |  1:29 PM  |  Viewed: 582 times

काठमाडौं, पुस २३ । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित विष्णु रिजालले संचालन गर्दै आएको लक्ष्मी सुनचाँदी पसलबाट पुस १२ गते २ किलो सुनको विभिन्न गहना चोरी घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोंगबु नयाँबसपार्क बस्ने म्याग्दी रुमा–३ घर भएका २० बर्षीय दिलबहादुर पुन, नुवाकोट महालक्ष्मी घर भएका २३ बर्षीय उमेश तामाङ् र गोरखा धावा–७ घर भएका २२ बर्षीय सन्तोष बैलकोटी रहेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौं महानगरपालिका–२९ गोंगबु नयाँ बसपार्कस्थित रिद्धि सिद्धी मार्वल अगाडी सडकबाट पक्राउ गरी कार्यालयतर्फ ल्याउने क्रममा १०/१२ जनाको संख्यामा रहेका व्यक्तिहरुले उनीहरुलाई भगाउने, उम्काउने उद्देश्यले प्रहरी कर्मचारीहरु माथि ढुङ्गामुढा तथा हातपातसमेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढुंगामुढाबाट प्रहरी कर्मचारी घाइते भएपछि आत्मारक्षाको लागि प्रहरीले एक राउण्ड गोली फायर गर्दा गोरखा धावा–६ घर भई गोंगबु नयाँ बसपार्क बस्ने २२ बर्षीय अमृत बैलकोटी गोली लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।

पक्राउ परेको व्यक्तिहरु मध्ये दिल बहादुर पुन २०६९ सालमा म्याग्दी दरवाङ्स्थित गोविन्द थापाको घरमा भएको चोरी घटनामा संलग्न रही ३ बर्ष जेल भुक्तान गरी छुटेको र उमेश तामाङ् २०७१ सालमा म्याग्दीको बेनी महोत्सवमा भएको लुटपाट तथा झै–झगडा घटनामा केही सार्वजनिक अपराध मुद्धामा ५१ हजार रुपैया धरौटी राखी छुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell