top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

‘अवतार’लाई उछिन्यो ‘स्टार वार्स’ले  |  Published: January 8, 2016  |  शुक्रबार 24 पुष, 2072  |  8:50 AM  |  Viewed: 4337 times

लस एन्जलस, पुस २४ । ‘स्टार वार्स’ शृंखलाको हलिउड चलचित्र ‘स्टार वार्स– दि फोर्स अवेकन्स’ ले साइन्स फिक्सनमा आधारित अर्को हलिउड चलचित्र ‘अवतार’ लाई आम्दानीको हिसाबले उछिनेको छ ।

छिटो १०० करोड डलरको कारोबार गर्ने हिसाबमा यो चलचित्रले अन्य चलचित्रलाई उछिनेको हो ।

justify;">यद्यपी विश्वमा अहिलेसम्म सबैभन्दा बढी कमाउने चलचित्रको सूचीमा ‘अवतार’ अग्रपंक्तिमा छ । यस चलचित्रले विश्वभर २७८ करोड डलर कमाएको छ ।

तर विश्वभर सबैभन्दा छिटो १०० करोड डलर कमाउने सूचीमा स्टार वार्स अग्रपंक्तिमा स्थापित भएको छ । यस चलचित्रले १२ दिनमै १०० करोड डलर कमाएको थियो ।

‘स्टार वार्स– दि फोर्स अवेकन्स’ प्रख्यात ‘स्टार वार्स’ शृंखलाको सातौं चलचित्र हो । स्टार वार्सको निर्माता कम्पनी वाल्ट डिज्नीका अनुसार जेजे अब्रम्स निर्देशित यस चलचित्रले उत्तर अमेरिकामा मात्रै ७६ करोड डलर आम्दानी गरिसकेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell