top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

विराटनगर बसपार्कबाट नलकटुवा पेस्तोलसहित एक युवक पक्राउ  |  Published: January 8, 2016  |  शुक्रबार 24 पुष, 2072  |  9:12 AM  |  Viewed: 578 times

मोरङ, पुस २४ । विराटनगर बसपार्कबाट प्रहरीले बिहीबार साँझ एक थान नलकटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ११ बस्ने वर्ष १८ का विकास यादव रहेका छ्न् । यादवको साथबाट नलकटुवा पेस्तोल एक थान र सो पेस्तोलमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ ।

अंचल प्रहरी कार्यालय कोशी र जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएका प्रहरीले उनलाई बिराटनगर १४ स्थित बसपार्क नजिकबाट पक्राउ गरेका हुन् ।

यादवलाई अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell