top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

न्यूरोडको पसलबाटै साढे ९ किलो अवैध सुनसहित समातीय व्यापारी (भिडियो)  |  Published: January 9, 2016  |  शनिबार 25 पुष, 2072  |  8:13 AM  |  Viewed: 2907 times

काठमाडौं, पुस २४ । सुनको अवैध कारोबारमा संलग्न तीनजनालाई प्रहरीले साढे ९ किलो अवैध सुनसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अवैध सुन किनबेच गर्ने सुन व्यापारीहरु भारत, पश्चिम बंगालका विक्रम मित्तल र विवेक मित्तल तथा उनीहरुलाई सुन आपूर्ति गर्ने राजस्थानका भागिरथ चौधरी छन् । मित्तलद्वय राजधानीको न्युरोडस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सन्चालक हुन् ।

प्रहरीले उनीहरु तीनैजनालाई शुक्रबार न्यूरोडस्थित पसलबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, प्रहरीले काठमाडौंको न्यूरोडस्थित लक्ष्मी ज्वेलर्सबाट करिब साढे आठ तोला सुन र ३५ तोला चाँदीका गरगहना चोरी गर्ने ५ जनालाई पनि पक्राउ गरी शुक्रबारै सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको रुम गाविस घरका चिरञ्जीवि पुन, सोही जिल्लाको धारा गाविसका सागर वरुवाल, काठमाडौं गोंगबुका धनबहादुर विश्वकर्मा र नुवाकोट महाकालीका उमेश तामाङ रहेका छन् ।

उनीहरुमध्ये कास्की प्रहरीले विहीबार चिरन्जीवी पुनलाई पोखराको पृथ्वीचोकबाट ९३ तोला सुनसहित पक्राउ गरिएको जनाएको थियो । पुनको बयानको आधारमा अन्यलाई काठमाडौंबाट पक्राउ गरिएको जनाइएको छ ।

उनीहरुले सुन पसलेको घरबाट पसलको साँचो चोरी गरी रातिमा सुन पसल लुटेको पनि प्रहरीले जनाएको छ । चोरेको गहनामध्ये पोखरा र केही चितवनमा बिक्री गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले हुन्डीको कारोबारमा संलग्न भारत, बिहारका सत्यनारायण अग्रवाल, काभ्रेका सरोज पराजुली तथा रसुवाका कर्साङ तामाङलाई पनि  पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले करिब २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell