top
ImageKhabar
सोमबार, 5 कार्तिक, 2075 Monday, October 22, 2018

ImageKhabar Archive

पुर्वमन्त्री पाण्डेको कृति ‘कुटनीति र राजनीति’ को चर्चा  |  Published: January 10, 2016  |  आईतवार 26 पुष, 2072  |  9:04 AM  |  Viewed: 440 times

चितवन, पुस २६ । पुर्व मन्त्री तथा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डेको पहिलो पुस्तक ‘कुटनीति र राजनीति’ को विषयमा चितवनमा साहित्यकारहरु विच साक्षात्कार भएको छ ।

कविडाँडा साहित्य समाजको आयोजनामा शनिवार उक्त कार्यक्रममा पुर्व मन्त्री पाण्डेले नेपाल भारतको सम्वन्धमा एउटा रेखा कोरिएको भन्दै राजनीति भन्दा कुटनीति कमजोर हुँदा अन्तराष्ट्रिय सम्वन्धमा असर परेको जिकिर गरे ।

कुटनीतिमा दख्खल राख्नुहुने पाण्डेले संविधान निर्माणका क्रममा असल नियत हुँदाहुँदै पनि प्रक्रियागत समस्याका कारण यो अभाव झेल्नुपरेको धारणा राखे ।

उनले चुलो नबल्दा समेत नेपाली जनता चुप लागेर बस्नु सरकारको लोकप्रियता नभई राष्ट्रप्रतिको समर्पण भएको उल्लेख गरे । नेपालको राष्ट्रिय मामिला तथा कुटनीति र राजनीतिको यथार्थ चित्रण गरिएको पुस्तक पाण्डेले आफ्नो अनुभवको आधारमा तयार पारेका हुन ।

पुस्तकमा १७ सालको सेरोफेरो, ईरान क्रान्ति, गिरफतारी, १९५० को सम्झौता, नाकाबन्दी, दरबार हत्याकाण्ड, नेपाल भारत सम्वन्ध, लगायत शिर्षकका लेखहरु समाबेश छन् । चितवनका रमाकान्त सापकोटा र विनोद खण्ड तिमिल्सीनाले पुस्तकको टिप्पणी गरेका थिए । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell