top
ImageKhabar
शुक्रबार, 28 मंसिर, 2075 Friday, December 14, 2018

ImageKhabar Archive

दुर्गम गाउँमा प्राविधिक उत्पादन गर्ने एउटा नमुना विद्यालय(भिडियो) युवराज रोइला/ईमेज  |  Published: January 10, 2016  |  आईतवार 26 पुष, 2072  |  12:05 PM  |  Viewed: 446 times

खोटाङ, पुस २६ । खोटाङको सिम्पानीमा रहेको श्री सिम्पानी उच्च माध्यमिक विद्यालयले बर्सेनी ४० जना दक्ष कम्प्युटर प्राविधिक उत्पादन गरिरहेको छ । रोजगारमूलक शिक्षा प्रदान गर्ने यस विद्यालय जिल्लामै गतिलो उदाहरण बन्न सफल भएको हो ।

सिटीभिटीको अनुमतिमा २०६७ सालदेखि जुनियर कम्प्युटर टेक्निसियन कार्यक्रम संचालन भएपछि बिद्यालयले दक्ष कम्प्युटर प्राविधिक उत्पादन गर्न सफल भएको सिम्पानी उच्च माध्यामिक विद्यालयका प्राचार्य राजन ढकाल बताउँछन ।

बिद्यालयमा हाल ४० जना बिद्यार्थीले कम्प्युटर प्राविधिक शिक्षा लिईरहेका छन् । खोटाङका १६ गाविसका विद्यार्थीहरु यहां अध्ययनरत छन् । पुरुष मात्र नभएर बिद्यालयमा महिलाहरुको पनि सहभागीता उत्तिकै छ ।

स्थानीय स्तरमा नै आफ्नो व्यवसाय संचालन गरेर आत्मनिर्भर बन्न थालेपछि प्राविधिक सिप सिक्नेको घुईचो हुने गरेको हो । ग्रामीण तहसम्म सूचना प्रविधिको पहुँच पुगोस भन्ने उद्देश्यले कम्प्युटर प्राविधिक शिक्षा सुरु गरिएको प्राचार्य ढकाल बताउँछन् ।

काठमाडौंमा पढ्ने विद्यार्थी र ग्रामिण क्षेत्रमा पढ्ने विद्यार्थीको बीचमा रहेको खाडललाई समेत प्राविधिक कक्षाले तोडेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell