top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ  |  Published: January 10, 2016  |  आईतवार 26 पुष, 2072  |  1:29 PM  |  Viewed: 665 times

पोखरा, पुस २६ । आपूmलाई सादा पोसाकमा काम गर्ने ‘अनुसन्धान विभागको प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको छ ।

गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई डर धम्की दिई उनीहरुका साथमा रहेको आइफोन र रु तीन हजार लुटी फरार डोरप्रसाद मगरलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीबाट जबर्जस्ती चोरी मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell