top
ImageKhabar
मंगलवार, 13 जेष्ठ, 2077 Tuesday, May 26, 2020

ImageKhabar Archive

आठ वर्षीय बालक अपहरणमा  |  Published: January 11, 2016  |  सोमबार 27 पुष, 2072  |  12:59 PM  |  Viewed: 927 times

गौशाला, पुस २७ । महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन् ।

भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ । ती बालकलाई आइतबार साँझ ७ बजे भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १५ वर्षीय अनिसकुमार साहले घरबाहिर बोलाएर लगेका थिए ।

उनले बर्दिबासबाट आएका रोहन भन्ने साथीलाई दिएर अपहरण गराएको अपहृत बालकका बुबा रवीन्द्र महासेठले आरोप लगाएका छन् ।

परिवारजनसहित छिमेकीले रातभरि बालक महासेठलाई सबैतिर खोजतलास गर्दा पनि उनी फेला परेका छैनन् भने आज बिहान अपहरणमा संलग्न भनिएको अनिसकुमार साहले बालक महासेठलाई बर्दिबासबाट आएको रोहनले लगेको भनेपछि स्थानीयवासीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएका छन् ।

बालक अपहरण गराएको आरोपमा पक्राउ गरी ल्याइएका स्थानीयवासी अनिसकुमार साहलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell