विवाद नगरौ , नेपाल निर्माता पृथ्वीनारायण शाह नै हुन् | Published: January 11, 2016 | सोमबार 27 पुष, 2072 | 7:24 PM | Viewed: 661 times
पदमसिँह कार्की - 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे'- राष्ट्कवि माधव घिमिरे
उपरोक्त कविता लाई मनन गरेर आज पृथ्वीनारायण शाहको २९४औँ जन्मजयन्ती मनाई रहेका छौँ
विश्व मानचित्रमा नेपाल पटक पटक खुम्चिएकोछ अर्थात खण्डित र विस्तारित भएको छ।अठारौँ शताव्दीको मध्यकाल सम्ममा व्रिटिस साम्राज्यवादीहरुले भारत वर्षका थुप्रै राष्ट्रलाई
निलीसके पछि नेपाललाई पनि वाँकी नराख्ने सुर कस्दै थिए।जुनवेला नेपालमा ससाना राज्य वीच झगडा चर्किरहेको थियो। यहि मौका छोपेर वंगालका मीरदिग्वन्धन सेन र इस्ट इण्डिया सरकारका कप्तान किनलक ठूलो फौज लिएर सिन्धुलीगढी आई पुगेका थिए।मुसलमान र अङ्ग्रेजको कुदृष्टिवाट वचाउन पृथ्वीनारायण शाहले एक सवल राष्ट्को निर्माण गरि हाल्नु पर्ने महसुस गरे। यस मेसोमा कुटनीतिक दाउपेच पर्याप्त चले पनि महान लक्ष्यको अगाडि यस्ता चलखेलहरु गौण ठहरिए।विश्व इतिहास पल्टाँउदा वेलायत,चीन र जपानको निर्माण पनि राजाहरुवाट भएको देखिन्छ।
गोर्खा जस्तो निर्धन र निशस्त्र राज्यले केवल आफ्नै वलवुताको उपयोग गर्नु सिवाय अर्को विक्ल्प थिएन। निजी पराक्रम र आँटका भरमा शुरु भएको नेपाल एकीकरणको अभियान अन्तर्गत पश्चिम सिँजाका चल्लवँशी,क्राचल्ल जितारी, अभिप्रमल आदिले गङगा देखि वाग्मती सम्म हात पारे पनि अडन सकेन।
पाल्पाका राजा मुकुन्द सेनले टिस्टा सम्म फैलाए पनि दिगो रहन सकेन।पृथ्वीले वि संं १७९९मा राजगद्दिको आरोहण गरे।एकै वर्ष पछि नुवाकोटमा लडाई गरे।नुवाकोटमा हारे तर हार खाएनन।हार्नको कारण पता लगाएर हातहतियार जोगाड गर्न काशी गए।फर्केर पुन लढाई गरे।नुवाकोट जिते।उपत्यकालाई नुन र कपासको नाकावन्दी गर्ने उनको योजना थियो । उनका परमवीर काजी कालु पाण्डेले वीरगति प्राप्त गरेको र उनका भा्इ शुरप्रताप शाहको आँखा फुटे पछि मात्र उनी युद्धमा थप आक्रोशित बने । यसैलाई कसैले कीर्तिपुरेको नाक,कान काटेको भनेर बयान पनि गरेका छन् । यो आरोप प्रमाणित नभए पनि प्रेम र युध्दमा सवै चिज क्ष्यम्य हुन्छ।
पृथ्वीनारायणले भन्थे पहिला वाईवल आऊँछ।अनि मात्र अङ्ग्रेजले वन्दुक पठाऊँछ। उनले पादरीहरुलाई देश निकाला गरेका पनि हुन।त्यसै रिसले तिनले पश्चिमी इतिहासकारलाई वढाई चढाई गर्न लगाएको हुनु पर्दछ।किनकि पृथ्वीनारायणको सपना अक्रमण होइन एकिकरण हो।
उनले १८२५ को ईन्द्रजात्राको राती कान्तिपुर माथि हमला गरेर विजय प्राप्त गरे वपछि अहिलेको काठमाडौँलाई नुवाकोटमा विलय गराएनन।वरु राजधानी वनाएर काठमाडौँको प्रतिष्ठा वढाए।त्यतिमात्र कहाँ होर उपत्यकाको मल्ल सभ्यता र साँस्कृति वैभव लाई जोगाएको मात्र होईन अझ चुल्याए।उनको स्वदेशी सँस्कृति प्रतिको अनुराग वुझ्न दिव्य उपदेश अध्ययन गरे पुग्छ ।
तत्कालीन बाइसे,चौबिसे,गोरखा र सेन रजौटाहरुको राज्य व्यवस्था आत्म निर्भर थिएन।रजौटाहरुको सारा खर्च र मोजमस्ती जनतावाट चल्थ्यो ।त्यस बेला उठाइएको कर,झारार बेठबेगारी लगाइनथ्यो।सहोदर रजौटा समेत जीत्न,मार्न र राज्य खोस्न तम्तयार रहन्थे।दुई दाजुभाई लमजुङगे राजा नरहरि शाह र गोर्खाका राजा द्रव्य शाहको आमाले चेपे नदिमा दूध वगाई मत्थर पारेको तथ्य जग जाहेर छ।राज दरवारमा सत्ता प्राप्तिका निम्ति आफनै वावुलाई कैद गरेको,हकदार दाजुभाइलाई मारेको पनि थुप्रै घटना पाईन्छन।
काठमाडौका प्रताप मल्लले आफ्ना वावु लक्ष्मीनर सिंह मल्ललाई थुनेर सत्ता हत्याएका थिए।मकवानपुरका राजा हरिहर सेनलाई पनि छोराहरुले जेल हालेका थिए। राजा रजौटाहरुको यसखाले हर्कतले गर्दा सवै राज्यको आन्तरिक स्थिति र अन्तर राज्य सम्वन्ध शत्रुताका कारण जोखिममा थिए।
कर्णालीका खस राजा जितारी मल्लले वाग्मतीको अनन्त मल्लको राज्यमा हमला गर्दा प्रतिरोध गर्न सकेनन् र राजा जनता दुवै जङ्गल तिर लागे।चौधौँ शताव्दीमा बङगाली राजा समशुद्दिन इलियास शाहले आक्रमण गर्दा पनि राजा प्रजा भागेर वन पसेका थिए।उपत्यकामा एउटै राज्य छँदात यस्तो स्थिति थियो भने तीन भागमा वाँडिदा झन कस्तो थियो होला ?
एकीकरण हुनु अघि रक्सौलवाट कोदारी पुग्दा चार राज्य र काठमाडौँ देखि पोखरा सम्म जाँदा तीन राज्य काटेर जानु पर्थ्यो। यस्तो अवस्थामा वन्दव्यापार फसटाउने कुरै भएन।
पृथ्वीनारायणको ५२ वर्षमा निधन भयो । उनका दिव्य उपदेशहरु चिरञ्जिवी मात्र होईन आज पनि त्यतिकै सान्दर्भिक छन।चाहे कुटनीति होस चाहे सँस्कृति,अझ परराष्ट्र नीति। राजतन्त्रमा होस गणतन्त्रमा 'दुई ढुङगाको तरुल'को वाध्यतालाई आत्मासात नगरी नेपाल वाँच्न सक्तैन।
प्रजातन्त्रका लागि 'दुनिया जसदेखि राजी हुन्छन।उसैले कँजाई खानु' भन्ने भनाई अहिले मात्र सान्दर्भिक होईन सर्वकालिक र नैशर्गिक पनि छ।धर्म र सँस्कृतिको वारेमा उनका उपदेश त्यतिकै अचुक छन।त्यसेगरी भ्रष्टचारले गाँजेको नेपालमा 'अन्याय मुलुकमा हुन नदिनुुु न्याय निसाफ विगार्न्या भनेको घुष दिन्या र खन्या दुवै हुन', भन्ने दिव्य उपदेशको सान्दर्भिकता घटेको छैन ।
भक्तपुरका राजा जयप्रकाश मल्लले गुहारेर आएको वृटिश फौजलाई नेपाली सेनाले करारी हार चखाए। तर उनले आफ्नो फौजलाई वारा,पर्सा,रौतहट र महोतरी कव्जा गर्न लगाए।गोर्खाली सेना विरुध्द लडन कमाण्डरले माग गरेपनि कम्पनीले उनलाई पत्याएन।यस वाट पृथ्वीले शत्रुको लडाँईको रणनीति पनि थाहा पाए।नेपालले चुनौती दिँदैछ भन्ने कुरा थाहा पाए।तर पृथ्वीले कुटनीतिक पहल द्वारा बढी आक्रमक हुनवाट रोके।यहि निर्णायक युध्द वाट नेपाललाई वचाए।
इतिहासको निचोड के छ, भने यदि पृथ्वीनारायण शाहले सवल नेपालको निर्माण नगरेको भए, यो हिमाली राज्यलाई वृटिशको मुखवाट जोगाउन सम्भव नै थिएन।अहिलेको नेपाल चीन,भारत अथवा कुनै अर्को देशको सीमा भित्र घुस्रिन्थ्यो होला।यहि सम्झेर नेपाल निर्मातालाई सम्मान पूर्वक श्रधाञ्जली अर्पण गर्नु प्रत्यक नेपालीको कर्तँव्य हुन जान्छ।