top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

२६ लाखको अवैध सुनसहित भारतीय पक्राउ  |  Published: January 11, 2016  |  सोमबार 27 पुष, 2072  |  6:12 PM  |  Viewed: 942 times

सिन्धुली, पुस २७ । सिन्धुलीमा ६ सय ९ ग्राम अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कोलकाता, मैजुरीयाका ३४ वर्षीय संजय सिंह रहेका छन् ।

विशेष सुराकीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार बीपी राजमार्गको खुर्कोट–सिन्धुली सडकखन्डअन्तर्गत् खनिया खर्कबाट पक्राउ गरेको हो । प्रहरीले बा३ख ८५९२ नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

सिंह काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै थिए । बरामद गरिएको सुनको मूल्य करिब २६ लाख १० हजार ५ सय रुपैयाँ हुने प्रहरीले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell